[ राम अवतार चौधरी ]
कपिलवस्तु:= बाढी पिडितलाई राहत जुटाउन कपिलवस्तुमा राहत संकलन समिति गठन भएको छ । अकल्पनीय रूपमा मानवीय क्षति भएको दुःखद घडीमा सहयोग गर्नु मानविय स्वाभाव रहेको भन्दै राहत संकलनमा जुटेको संयोजक केरसिङ अदैले जानकारी दिए।
सामाजिक अभियान्त तथा खरेन्द्रपुर निवासी केर सिङ अदैको संयोकतत्वमा ९ जनाको बाढी पिडित राहत संकलन समिति बुधबार गठन भएको हो । जसको सदस्यहरुमा नयाँ बस्तीबाट जुद्ध बहादुर कार्की, बुद्धभूमि मानपुरबाट तुलसी बोहरा, इमलियाबाट तुल्सिङ थापा, शिवपुर र मदवाबाट झक बहादुर विक, जिनुवाबाट भक्त बहादुर भण्डारी, ४ नं. जीतपुरबाट दल बहादुर कुँवर, गजेहडाबाट भविलाल गौतम, पिपराबाट दिल बहादुर पुन लगायत पदाधिकारी रहेको राहत संकलन संयोजक अदैलै जनाए।

बागलुङ जिल्लाको पश्चिम भेगमा साविक बोवाङ एवं ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गत भदौ १७ गते राति देउरालीको शिर देखि आयको भिषण बाढीले ठूलो मात्रामा मानवीय लगायत भौतिक क्षति भएको पिडालाई स्मरण गर्दै सामजिक कार्यमा जुटेको नयाँ गठित समितिले जनाएको छ।
हाल सम्म २१ जनाको शव पहिचान भएको छ । भने २४ जनाको अझै सम्म कुनै पहिचान समेत नभएको साथै १ सय ३१ घरमा क्षति भएको छ । कति त घरबार विहिन भएका घर परिवार बिस्थापित भएका छन् । विद्यालय, बाटो, पुल, बिजुली लगायत पावर हाउस बाढीले बगाएको छ । यस्तो दुःखद अवस्थामा देश तथा विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको छ । बागलुङ, बुर्तिबाङ, भुजिखोला क्षेत्रबाट बसाइँसराई गरी कपिलवस्तु आएका आफन्त एवंम् इस्तमित्रहरू अत्यन्त दुःखी हुनुका साथै सम्पूर्ण बागलुङ बासीलाई शोकमा डुबाएको जिल्ला बासीले दुःख व्यक्त गरेका छन्।
यस दुःखद घडीमा बसाइँसरी कपिलवस्तुमा बसोबास गर्नेहरुले थोरै भएपनि राहत सहयोग गर्ने मनसायले यही भदौ २६ गते देखि राहत संकलन शुरू गरिने छ । बाढी पहिरो पीडितहरुको हातमै राहत सहयोग पुगोस् भन्ने धेरै जनाको चासो देखाएको सकभर सम्बन्धित वडा अध्यक्षहरू मार्फत प्रत्यक्ष पीडितहरुलाई भेटेर नगद रकम दिइने बताईएको छ । सहयोग डाटा, आफन्तजनहरुले गरेको सहयोग रकम सहितको नाम लिस्ट सार्वजनिक गरिने संयोजक केर सिंह अदैले बताउँदै सहयोग लागि सबैलाई अपिल गरिएको समितिले जनाएको छ।




















