टेक्नो ब्राण्डको नयाँ मोडलका स्मार्टफोन बजारमा

पोखरा। कोरोनाको महामारीले ल्याएको बिषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुको चाहनालाई मध्ये नजर गर्दै टेक्नो मोबाईलले आफ्नो २ वटा नयाँमोडेलका स्मार्टफोन बजारमा ल्याएको छ । करिब साढे तीनवर्षअघि मात्र नेपालमा प्रवेश गरेको  टेक्नो ब्रान्डले नयाँ मोडलका स्मार्टफोन बजारमा ल्याएको नेपालमा अधिकारिक बिक्रेता महालक्ष्मी मोबाईल्स प्रालिका महाप्रबन्धक सन्तोष भण्डारीले जानकारी दिनुभयो।

टेक्नो ब्राण्डले केडी सेभेन९ टेक्नो स्पार्क फाइभ प्रो० र सिडि एट९टेक्नो क्यामोन फाइभ०  नयाँ मोडलको स्मार्टफोन लञ्च गरेको छ । प्रालिका अनुसार केडि सेभेनमा ४ जिबि र्याम र ६४ जिबि रोम रहेको छ भने सिडि एटमा ६ जिबि र्याम र १२८ जिबि रोम उपलब्ध रहेको छ। जसको बजार मूल्य टेक्नो स्पार्क फाइभ प्रोको १५ हजार ९ सय ९९ र टेक्नो क्यामोन फाइभ प्रोको २५ हजार ४ सय ९९ रहेको छ । टेक्नो ब्राण्डका यसअघिका स्मार्ट फोन प्रयोगकर्ताको रोजाइमा परेकाले विभिन्न सुविधासहित ल्याएको नयाँ स्मार्टफोन पनि रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

नयाँ स्मार्ट फोन पोखरामा पनि बिक्री सुरु भइसकेको छ ।टेक्नो ब्राण्डको स्याङ्जा र कास्की जिल्लाका लागि आधिकारिक बिक्रेता पोखरामा रहेको श्रेष्ठ ट्रेडर्समा मोबाइल उपलब्ध रहेको छ। ट्रेडसका प्रोपाइटर सुनिल श्रेष्ठले टेक्नो ब्राण्डका नयाँ स्मार्टफोनमा प्रयोगकर्ताको रोजाइ अनुसार विभिन्न फिचर उपलब्ध रहेको हिमालय टाइम्सलाई जानकारी दिनुभयो।

श्रेष्ठले भन्नुभयो ूयसमा एकसय दिनसम्म रिप्लेस्मेन्ट र १३ महिना वारेन्टीको समेत सुविधा रहेको छ,बजारमा सस्तो र यतिधेरै बिशेषता भएको स्मार्ट फोन आएको छैनू उहाले बलियो र गुणस्तरिय स्मार्टफोन भएकाले प्रयोगकर्तालाई ढुक्क हुन समेत आग्रह गर्नुभएको छ।

पोखराको श्रेष्ठ ट्रेडर्सले टेक्नो सगै आइटेल र भिभो को पनि कास्की र स्याङ्जा जिल्लामा आधिकारिक रुपमा व्यापार गरिरहेको छ।