[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा एक फर्निचर कम्पनीमा कार्यरत नेपाली श्रमिकको दुर्घटनामा परि मृत्यु भएको छ।
बिगत २ बर्षदेखी मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित फर्निचर कम्पनी ई,टि,एच होल्डिङ्स ( ETH HOLDINGS SDN BHD ) मा कार्यरत नेपाल ठेगाना जन्म स्थान स्याङ्जा जिल्ला , पिडिखोला, पछिल्लो समय स्थायी बासस्थान नवलपरासी जिल्ला , सुनवल.१ घर भएका ४६ बर्षिय श्रमिक छविलाल चापागाईंको मृत्यु भएको मलेसियामै कार्यरत मृतकको नातेदार नेपाली श्रमिक रमेश भुर्तेलले मलाया खबरलाई जानकारी गराउनुभयो।


गएको शनिबार दिउँसो ०३:०० बजे कम्पनी भित्र कार्यक्षेत्रमै शरिरमाथी अच्चानक काठ झरेर च्यपिएर फोर्क लिफ्ट दुर्घटनामा परि छविलालको मृत्यु भएको घटनास्थलबाट सोही कम्पनीमा कार्यरत रहेको नेपालीहरुले बताएको छ।
दुर्घटना भएकै दिनमा स्थानीय प्रहरी आएर आवश्यक अनुसन्धान गरि पोस्टमार्टमको लागी मृतकको शवलाई केलाङ अस्पतालमा लगिएको रमेश भुर्तेलले बताए।
उता मृतक छविलालको शवलाई अन्तिम दाहसंस्कारको लागी नेपाल पठाईदिनुहुनको लागी निजको श्रीमति पास कुमारी चापागाईंले अनुरोध सहितको सिफारिसपत्र मलेसिया स्थित नेपाली दूतावास र रोजगारदाता कम्पनीलाई पठाईसकेको बताएकि छिन। मृतकको घरमा श्रीमति र दुई छोरा रहेको जानकारी प्राप्त भएको छ।






















