काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ७२ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । कार्यालयले केही जिल्लाका प्रमुख पनि परिवर्तन गरेको छ ।
जसअनुसार दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित बोहरा, डडेल्धुरामा महेन्द्र नेपाललाई सरुवा गरिएको छ ।
यसैगरी, अछाममा योगेन्द्रसिंह थापा, डोल्पामा राजु पाण्डे, जुम्लामा माधवप्रसाद काफ्ले, बझाङमा रुपक खड्का, प्युठानमा सुनील मल्ल र नुवाकोटमा हरिबहादुर ओलीलाई पठाइएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिल बोहरा, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, महानगरीय प्रहरी वृत्त जगातीमा राजेश थापा र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा रामेश्वर पौडेललाई पठाइएको छ ।




















