काठमाडौं := जेन–जी आन्दोलनपछि चर्चाको केन्द्रमा रहेका काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार मध्यराति सामाजिक सञ्जालमा एकदमै आपत्तिजनक टिप्पणी गरेका छन् ।
उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध जनाएका थिए । उनले लेखेका थिए, ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’
उनले स्टाटसमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गरेका थिए। चर्को आलोचनापछि लगभग आधा घण्टापछि बालेनले उक्त स्टाटस हटाएका थिए । तर त्यसअघि नै उनको अभिव्यक्ति भाइरल भइसकेको थियो । जसको स्क्रिसट धेरै जना प्रयोगकर्ताले लिइसकेका छन् । जुन यतिबेला सञ्जालभरी छन् ।
यतिबेला सञ्जालभरी एक खालको बहस सुरु भएको छ । अधिकांशले बालेनको विरोध गरेको देखिन्छ भने कतिले मजाकको रुपमा लिएको पनि देखिन्छ । छिमेकी मुलुकहरूमाथि यसरी प्रहार गर्नु कुनैपनि मुलुकको लागि राम्रो नहुने अधिकांशको भनाइ छ ।




















