विमल अधिकारीको अहिलेसम्मकै उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक।

काठमाडौं := पछिल्लो समय माया गर्ने तरिका फेरिए संगै बोलीचाली ब्यवहार फेरिएको प्रसस्त घटनाहरु छन् । यस्तै एउटा घटना घटेका छन् कलाकार भिम लुहार र शान्ति सुनार विचको सम्बन्धमा । आफ्नो इच्छा चाहना विपरित कस्ले भिलेन खेल्यो ? त्यो त पछिका दिनहरुमा थाहा पाउनेछन् तर चाहेर वा नचाहेर दिएको धोकाको बारेमा हल्ला एक कान दुई कान मैदान भएका छन् ।


हल्लै हल्लाले चलेको आधुनिक परिबेशमा कलाकार भिम लुहार र शान्ति सुनारविचको सम्बन्ध पनि बास्तविक नभई साँगितिक क्षेत्रको हल्ला हो । पछिल्लो समयमा बजारमा आएको “खुसी हुदै बाच मायालु” बोलको गितमा यि यस्ता माया पिरति अनि धोकाका प्रसंग प्रसस्त मात्रामा सुन्न अनि देख्न सकिन्छ । शिव हमालको लय एवं भिम लुहारको उत्कृष्ठ शब्द सिर्जना रहेको उक्त गितमा कलाकार भिम लुहार, शान्ति सुनार र रोहित श्रेष्ठले सुमधुर आवाज भरेका छन् ।


विमल अधिकारी र सवि श्रेष्ठको सशक्त अभिनय रहेको उक्त गितको म्यूजिक भिडियो दुर्गा पौडेलको छाँयाङ्कन, बाबुराम बोहोराको निर्देशन तथा विष्णु शर्माको सम्पादनमा साँगितिक बजारमा उपलब्ध छ । कलाकार भिम लुहार र रोहित श्रेष्ठको संयुक्त प्रस्तुति रहेको उक्त गितको बजार ब्यवस्थापन भने तिर्सना फिल्मस् प्रा.लि. ले गरेका छन् ।