[ कृष्ण गुप्ता ]
काठमाडौं := भोजपुरी इन्डस्ट्रीको चर्चित गायक राकेश मिश्र र नेपाली गायिका सेलिना कुँवरको आवाजमा सजिएको तेरी गुपचुप जवानी नामक गीतको भिडियो युट्युबमा रिलिज भएको छ।
यसअघि विभिन्न नेपाली , भोजपुरी , मैथिली लगायतको गीती एल्बमहरुमा आफ्नो आवाज दिइसकेकि गायिका सेलिना कुँवर र भोजपुरी गायक राकेश मिश्रको यो गीतले दर्शक झुमाउने पक्का देखिएको छ।
चर्चित एसआरके प्रोडक्सनमा निर्माण गरिएको सो गीत आईतबार युट्युबमा रिलिज गरिएको हो।ओमकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन्।भिडियो भर्सनमा गायक मिश्रले आफैँ अभिनय पनि गरेको एसराज प्रोडक्सनका सँचालक एवम् सँगीतकार सँतोषराज सहनीले बताए।
सो गीतको लागि अर्जुन पौडेलले पनि सहयोग गरेको जनाइएको छ। वर्तमान परिवेशलाई मध्यनजर गर्दै गोरी रे गोरी तोहर गुपचुप जवानी बोलको गीत बजारमा ल्याएको हो। यसअघि पनि नेपाली भोजपुरी मैथिली दर्जनौ गीत एल्बममा गायक सँतोषराजले सँगीत भरेका छन्।
तलको लिङक क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















