काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच बालुवाटार छलफल सकिएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार करिब चार घण्टा लामो छलफल भएको हो ।
अध्यक्ष प्रचण्ड करिव विहान ११ बजेतिर बालुवाटार पुग्नु भएको थियो ।
स्रोतका अनुसार दुई नेताबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको र आजको भेटवार्ता समस्या समाधानउन्मुख भएको बुझिएको छ ।
वार्ता सकारात्मक भएपनि ठोस सहमति भने नभएको बुझिएको छ ।
बुधबार मात्रै प्रधानमन्त्री ओलीले आगामी ५ दिन भित्र पार्टीको आन्तरिक विवादमा नयाँ सिनारियो देखिने दावी गर्नु भएको थियो ।
करिव एकहप्ताको संवादविहिनताको अवस्थामा रहनु भएको अध्यक्षद्धय बीच आज भेटवार्ता भएको हो ।
असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद चुलिएको थियो ।
शीर्ष तहमा देखिएको कलहका कारण स्थायी समितिको बैठकसमेत बस्न सकेको छैन र बोलाइएको बैठक पनि कयौंपटक स्थगित हुँदै आएको छ ।
आजको वार्तामा दुई अध्यक्ष बाहेक महासचिव विष्णु पौडेल र स्थायी कमिटका सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्माको पनि सहभागिता रहेको थियो ।
साउन २१ गते विहानका लागि तय भएको वार्ता हुन सकेको थिएन




















