नेपालमा लकडाउन अन्त्य !

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

काठमाडौं := अन्ततः नेपाल सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बताए।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।
सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।