२ महिना अगाडि मलेसियामा मृत्यु भएका सुर्यमानको मृत शव स्वदेश फर्काइयो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत गोरखा जिल्ला धार्चे गाउँपालिका निवासी सुर्यमान गुरुङको घरको छतबाट चिप्लिएर खसेर दुई महिना अगाडि असमायिक मृत्यु भएको थियो।

कम्पनीमा कार्यरत कामदार हरु संगै बस्दै आएका घरको छतबाट खसेर मृत्यु भएका मृतक गुरुङको शव अन्तिम दाह संस्कारको लागी अन्ततः दुई महिनापछि नेपाली दूतावास , रोजगारदाता कम्पनी र तमु समाज मलेसियाको विशेष सहयोगमा हिजो सोमबार मलेसिया देखि नेपाल सम्म भएको चार्टर्ड उडान मार्फत स्वदेश फर्काइएको छ।

नेपाल तमु समाज मलेसियाका सक्रिय सदस्य समेत रहेका सुर्यमान बिगत ५ बर्ष देखि मलेसियाको शाहआलाम स्थित सेक्सन १५ को जेफोली एसएनडि बिएचडि (jeffoly sdn bhd) नामक कम्पनीमा कार्यरत रहेका थिए ।

यता उनको परिवारलाई तमु समाज मलेसियाले आर्थिक सहयोग समेत प्रदान गरेको छ । समाजले मलेसियामा कार्यरत विभित्र मनकारी व्यक्तिहरुबाट आर्थिक सहयोग सङ्कलन गरेर आरएम २,८३८ अर्थात नेपाली रुपैयाँ रु.७९,१२८ आर्थिक सहयोग प्रदान गरेको समाजका महासचिव दिल तहार तमुले जानकारी दिनुभयो।