मलेसियामा इजरायली एप ‘Waze’ (वेज)माथि प्रतिबन्धः देशको सुरक्षामा सम्झौता नगर्ने: प्रधानमन्त्री अनवर।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले राष्ट्रिय सुरक्षा र डिजिटल डेटा सार्वभौमिकतालाई ध्यानमा राख्दै इजरायली मूलको चर्चित नेभिगेसन एप ‘Waze’ (वेज) माथि प्र’ति’बन्ध लगाएको छ। सरकारका प्रधानमन्त्री दातोक सेरी अनवर इब्राहिमले देशको साइबर सुरक्षा र सं’वे’दनशील सरकारी तथ्याङ्कको सुरक्षाका लागि यो कदम चाल्नु अनिवार्य भएको बताउनुभएको छ।

मलेसिया र इजरायलबीच कुनै औपचारिक कूटनीतिक सम्बन्ध नरहेको पृष्ठभूमिमा, इजरायली कानुनको क्षेत्राधिकारभित्र पर्ने प्रविधिले देशको सार्वभौमिकतामा जो’खिम निम्त्याउन सक्ने भन्दै सरकारी कर्मचारीहरूलाई ड्युटीको समयमा यो एप प्रयोग गर्न रोक लगाइएको हो। प्रधानमन्त्री अनवरले देशको डिजिटल सुरक्षामा कुनै पनि हालतमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ।

यद्यपि, Waze एपको प्रतिबन्धपछि मलेसिया सरकारले प्रयोगमा ल्याएको स्थानीय नेभिगेसन एप ‘TuJu’ मा प्राविधिक समस्याहरू देखिएपछि सर्वसाधारणले ठूलो असुविधा भोग्नुपरेको छ। हतारमा गरिएको यो निर्णयका कारण नागरिकहरूले सामाजिक सञ्जालमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्री अनवरले जनतासँग सार्वजनिक रूपमा क्षमा समेत माग्नुभएको छ।

प्र’ति’बन्धको निर्णयले केही समयका लागि व्यावहारिक कठिनाइ निम्त्याए पनि लामो अवधिको राष्ट्रिय सुरक्षाका लागि यो आवश्यक रहेको सरकारको दाबी छ। अर्कोतर्फ, सन् २०१३ मा गुगलले खरिद गरेको Waze का प्रवक्ताले भने आफूहरूले अन्तर्राष्ट्रिय डेटा सुरक्षा मापदण्ड पालना गर्ने भन्दै सुरक्षा जो’खिमको दाबीलाई खण्डन गरेका छन्।

स्रोत- स्थानीय सञ्चारमाध्यम