क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशको सीमा सुरक्षा र अध्यागमन व्यवस्थालाई थप मजबुत बनाउन कडा कदम चालेको छ। मलेसियाको नवगठित सीमा नियन्त्रण र सुरक्षा एजेन्सी (MCBA) ले यो वर्ष २४,६३१ जना विदेशी नागरिकलाई सीमाबाटै फर्काएको छ भने अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ७०७ जनालाई प’क्रा’उ गरेको छ।
मलेसियाका गृह मन्त्री दातोक सेरी सैफुद्दिन नासुसन इस्माइलले संसद्मा एक लिखित प्रश्नको जवाफ दिँदै राष्ट्रिय सुरक्षा र जनव्यवस्था कायम राख्न उच्च जो’खि’म’युक्त व्यक्तिहरूमाथि कडा स्क्रिनिङ र निगरानी बढाइएको जानकारी दिनुभएको हो।
मलेसिया सरकारले पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी रूपमा बस्ने र काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न ‘मल्टिपल इन्ट्री भिसा’ (MEV) को सुविधा समेत बन्द गरिसकेको छ। आगामी दिनमा विदेशी नागरिकहरूको वास्तविक पहिचान सुनिश्चित गर्न र नक्कली पासपोर्टको प्रयोग रोक्न डिजिटल प्रणाली तथा अत्याधुनिक बायोमेट्रिक पहिचान (FDID र ABIS) लागू गर्ने तयारी भइरहेको छ।
मलेसिया प्रवेश गर्ने समयमा, प्रवेश गर्नुअघि र गरिसकेपछिका विभिन्न चरणहरूमा कडा स्क्रिनिङ रणनीति अपनाइएकाले आवश्यक कागजात वा स्पष्ट उद्देश्य नभएका विदेशीहरूमाथि अध्यागमन विभागले निगरानी अझ तीव्र पारेको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















