आदीवासी जनजाती महासंघ अमेरिकाले मातृभूमि नेपालमा कोरोना संक्रमणको कारण दुख पाइरहेका मजदुरहरू , सुकुम्वासी तथा सिमान्तकृत समुदायको सहयोगको लागी आर्थिक संकलन गरेर नेपालको विभिन्न स्थानमा राहत बितरणको कार्यक्रम घोषणा गरेको छ । महासंघले एक बिज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा फरक मितिमा राहत बितरण गर्ने कार्यक्रमहरु घोषणा गरेका छ ।
महासंघको यो मानवीय सेवाको भावनालाई अमेरिकाबासी विभिन्न समुदायका प्रतिनिधिहरु र विभिन्न व्यक्तित्वहरुले गोफण्ड र झेलोबाट आर्थिक सहयोग गरिरहेका छन ।
“आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस बिज्ञप्ति”
” यतिवेला विश्वजगतमा महामारी रोगको रूपमा विगत ७/८ महिना यतादेखी फैलिएको कोरोना भाईरस (Covid-19) संक्रमणले मानवजिवन अस्तव्यस्त वनाएको छ ।हाम्रो देश नेपाललाई पनि यसले अछुतो राखेन , यतिवेला नेपालमा दिन दुई गुणा रात चौगुणाका दरले संक्रमितहरूको संख्या बढ्दो अवस्थामा छ । सरकारले यतिवेला आवश्यक राहत , उद्दार तथा सुरक्षाका लागी पहलकदमीहरू गर्नु पर्दछ । तर सरकारको निरीह उपस्थितिले जनताहरू रोग संगै भोगले पनि आक्रान्त छ । कोरोना संक्रमको कारण विभिन्न उद्योग धन्दा वन्द छ , व्यापार व्यावसाय सबै रोकीएको छ । दिनानुदिन काम गरेर जीविकोपार्जन गर्ने मजदुरहरूको रोजगारी गुमेको छ । त्यसकारण हाम्रो उदेश्य कमसेकम कोही पनि भोकै मर्न नपरोस भन्ने हो । हामी परदेशमा जस्तोसुकै दु:ख पिडामा रहे पनि मातृभूमि प्रती हाम्रो कर्तव्य सम्झेर हामीले नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोगमा देशको विभिन्न ठाउँमा असार २१ देखी असार ३१ गते सम्म प्रथम चरणमा खाद्यान्न तथा राहत वितरण गर्ने योजना रहेको जानकारी गराउन पाउदा गर्वले छाती फुलेको छ ।यो मातृभूमि प्रतिको हाम्रो कर्तव्य हो भन्ने हाम्रो ठम्याई छ ।
प्रथम चरणमा राहत वितरणका क्षेत्रहरू निम्नानुसार रहने छ :-
१ . असार २१ गते देखी ३१ गते सम्म काठमाण्डौ उपत्यकाभित्रका विभिन्न अनाथालयहरू , बुद्धाहरू , सडक वालवालिकाहरू , असाहाय वालवालिकाहरू , घरबार विहिनहरू , बटुवाहरू र मजदुरहरू लाई लक्ष्यीत गरी पहिलो चरणमा कम्तिमा दश दिन लगातार विभिन्न ठाउहरूमा खाना वितरण गर्ने ।त्यसका लागी , पशुपती क्षेत्र , रत्नपार्क , नयाँ वसपार्क , हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा वितरण गरीने छ । एक पटकमा ३०० जनालाई स्वास्थ्य खाना वितरण गरिने छ ।
२ . उपत्यका भन्दा बाहिरको जिल्लाहरूमा दलित तथा सिल्पी समुदाय , सिमान्तकृत समुदाय , अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूमा राहत वितरण गरीने छ । पहिलो चरण अन्तर्गत टुंगो लागेका योजनाहरूमा असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १ को मुसहर समुदायलाई , असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदायलाई , असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामाग्री वितरण गरिदैछ । साथै मिति टुंगो लाग्न बाँकी क्षेत्रहरूमा तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने छ ।
राहत वितरणको सम्पूण आर्थिक व्यावस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)द्वारा हुनेछ । देशभरीको राहत वितरणको लागी योजनाहरूको समन्वयात्मक भुमिकाको लागी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालले गर्ने छ । साथै स्थानिय आयोजक/व्यवस्थापकको जिम्मेवारीमा स्थानिय निकायहरू, नेफिनको प्रदेश, जिल्ला तथा नगरपालिका/ गाउँपालिका स्तरीय नेफिन समितीहरू तथा यस बाहेर अन्य सहकार्य गर्ने संस्थाहरू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल, PA NEPAL Prisoners Assistance Nepal , दलित जागरण केन्द्र नेपाल , लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्धन समिती, लगायतको सहकार्यमा उक्त कार्य सम्पन्न गरीने छ । यस बाहेक आवश्यक क्षेत्रहरूको पहिचान , समन्वय र छनौटहरू भईरहेको छ । राहत वितरण कार्यलाई सम्पन्न गर्न हामीलाई विश्वास गरेर आर्थिक सहयोग गरिरहनुभएका अमेरीका स्थित विभिन्न संघ संस्थाहरू , मनकारी महानुभावहरू र विभिन्न संचारकर्मीहरू साथै सम्पूर्ण सहयोगीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
स्मरण रहोस गत मार्च महिना देखी जुन महिना सम्म कोरोना भाईरसको केन्द्रविन्दु बनेको न्यूयोर्कमा फिप्नाले संस्थागतरूपमा करिब टाईनल २६,००० प्रति , माक्स ११,००० प्रती , ग्लब्स १७,६५० प्रती तथा हेण्ड सेनिटाईजर २३७ प्रति PPE सामाग्री वितरण गरेको थियो । जसमा प्रत्यक्ष १५०० भन्दा बढी परिवारलाई उक्त सामग्री वितरण गरिएको थियो। भने २४ वटा संघसंस्थाहरूलाई समेत विभिन्न चरणमा PPE सामग्री हस्तान्तरण गरिएको थियो।
अबको हाम्रो उदेश्य नेपालको विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई रोजगारी गुमेकै कारण खाना वाट बन्चित नहोस भन्ने हो। यो अभियानमा साथ , सहयोग र सहकार्य गरीदिनहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।”



















