सबारी दुर्घटनामा परि घाइते भएकी ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका कि कमला बिक लाइ ओखलढुंगा एकता सेवा समाज मलेसियाले आर्थिक सहायता गरेको छ।
गत माघ १३ गते बिरामी बुवाको उपचारको लागि सदरमुकाम जाँदैगरेकि उनि सवार बोलेरो जिप दुघर्टनाभइ बुबाको घटनास्थलमै मृत्यु भयो । उनि गम्भिर घाइते भईन सरिर भरी गम्भीर चोट लागेकी उनको मेरुदण्ड भाँचिएको र माघ १३ गतेबाट काठमाडौंस्थित ह्याम्स हस्पिटलमा उपचाररत रहेकि कमला को परिवार को आर्थिक स्थिति कम्जोर रहेको र बुवाको उपचार मा भएको सम्पती सबै खर्च भएको खबर ओखलढुंगा एकता सेवा समाज मलेसियाले पाए सङै उपचारको लागी आर्थिक सहयोग गरेको हो ।
आर्थिक स्थिति कम्जोर हुदा औषधी समेत किन्न नसकेकीपछि उनको उपचारमा खटिरहेकी आमा अस्पतालमै आत्माहत्या गर्ने प्रयास गरेकी थिईन। एकतिर छोरीको उपचारमा लाखौं खर्च भैसकेको अर्कोतिर श्रीमान दाहसंस्कार खर्च समेत जुटाउन सकिरहेकी छैनन् । त्यो दयनीय अवस्थालाई देखेर ओखलढुंगा एकता सेवा समाज मलेसियाले ५४०१० पीडित लाई सहयोग गरेको छ । अहिलेसम्म उनको उपचारमा ११ लाख खर्चको भैसकेको छ २०% हस्पिटल ले छुट दिदा लगभग ८ लाख रकम बुझाउनु पर्ने भएको छ। अहिलेसम्म विभिन्न संघ संस्था बाट सहयोग संकलन गरि करिबकरिब ६ लाख रुपैयाँ जम्मा भैसकेको छ । बाकी रकम अपुग भएको कारण उनिलाई हस्पिटल ले डिस्चार्ज गर्न दिएको छैन। हस्पिटलमा दैनिकी चार्ज बढदै गएको छ।
उनको सहयोगको लागी कोहि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कमलाकि आमा कल्पना देवी बि क को राष्ट्रिय वाणिज्य बैंकको खाता न. 207002052910 मा सहयोग रकम पठाउन सक्नुहुनेछ
सम्पर्क नम्बर – 9863886113




















