काठमाडौं := नेपाल सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्य नजरगर्दै लकडाउनलाई आउदो महिना साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले बताए।
ति मन्त्रीका अनुसार अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ।
त्यस्तै काठमाडौं उपत्यका भित्रन अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुने जनाएको छ।




















