काठमाडौंको ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंको ट्राफिक लाइट सञ्चालनमा आएको छ । नेपाल सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाइटहरूलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ । 

महाशाखाका अनुसार पद्मोदय, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, सिंहदरबार, गौशाला लगायतका स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याएको हो । ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्णपालाना गर्न पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभयो । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएका