क्वालालम्पुर ( मलेसिया ):= नेपाल तामाङ घेदुङ मलेसियाको १५ औं वार्षिकोत्सव तथा साधरणसभा को तयारी पुरा भएको छ।
आउदै गरेको जुलाई महिनामा ५ तारिख , आइतबारको दिन मलेसियाको क्वालालम्पुरमा अवस्थित ग्य्राण्ड कन्टिनेन्टलमा एक कार्यक्रम गरी वार्षिकोत्सव तथा साधारणसभा गर्ने नेपाल तामाङ घेदुङ मलेसियाका महासचिव सविन लोप्चन तामाङले मलाया खबरलाई जानकारी गराउनुभयो।
नेपालका विभिन्न जिल्लाबाट रोजगारीका शिलशिलामा मलेसियामा कार्यरत तामाङहरुले“विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं,ताम्सालिङ प्रप्तीको लागि एक जुट हौ” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना भएको अहिलेको तामाङ घेदुङ मलेसिया , पहिलेको तत्कालीन तामाङ समाज मलेसिया केहिमहिना अगाडि एकीकृत भएका थिए।

बिश्वभरि नै माहामारी बनेर फैलिरहेको कोरोना भाईरस कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै घेदुङका ऐतिहासिक १५ औं बार्षिकोत्सव तथा साधारणसभामा नेपाल तामाङ घेदुङ मलेसिया परिवार मात्रै उपस्थित हुन पाउने जनाएकाछ्न।
बाकी मलेसियामा रहेका अन्य नेपाली संघसंस्था,बुद्धिजीवी,पत्रकार,लगायत विभिन्न पेशमा आबद्ध तामाङ तथा गैर तामाङहरुलाई ZOOM Apps को प्रयोगगरि भर्चुअल मार्फत समावेश गराउने महासचिव तामाङले बताए।
नेपाल तामाङ घेदुङ मलेसियाले स्थापना कालदेखिनै मलेसियामा विविध कारण पीडित भएका नेपालीहरुको उद्धार,शैक्षिक क्षेत्र,आर्थिक कमजोर भएका विभिन्न रोगका बिरामीहरू लगायतलाई सहयोग गर्दै आएका छन्।
पछिल्लोपटक कोरोना भाईरस कोभिड-१९ लाई मध्यनजर गर्दै मलेसियान सरकारले लागु गरिएको अवगमन निषेध (MCO) बाट प्रभावित भई खाद्यान्न संकटमा परेका नेपालीहरुलाई पटक पटक राहत वितरण समेत गरेका थिए।



















