क्वालालम्पुर (मलेसिया):=मलेसियाको पोर्ट केलाङमा तीन वर्षअघि भएको विवादका क्रममा कैँची प्रहार गरी एक युवकको ह’त्या गरेको अभियोगमा ५२ वर्षीय नेपाली नागरिक पी. सरवनन (सरवनन पेरियासामी) लाई ३५ वर्षको जे’ल सजाय सुनाइएको छ। अदालतको आधिकारिक अ
भिलेख र पासपोर्ट विवरणमा उनलाई नेपाली नागरिक उल्लेख गरिए पनि उनको नाम भने दक्षिण भारतीय (तमिल) मूलको जस्तो देखिन्छ। क्लाङ उच्च अदालतकी न्यायाधीश नोरलिजा ओथमानले नोभेम्बर ११, २०२६ का दिन २३ वर्षीय आर. सुमीनको ह’त्या अभियोगमा दोषी ठहर गर्दै उनलाई उक्त सजाय सुनाउनुभएको हो।
साथै, मृ’त’कलाई बचाउने क्रममा २२ वर्षीया पी. मिथुनाहको हातमा कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा थप ३ वर्षको कै’द सजाय तोकिएको छ, जुन दुवै स’जाय सँगसँगै भुक्तान हुनेछ। मलेसियाली कानुन अनुसार ५० वर्ष उमेर नाघिसकेका कारण उनलाई कोर्रा हान्ने सजायबाट भने छुट दिइएको छ।
सन् २०२३ मे ८ को साँझ पान्डामारनस्थित तामान ची लिउङको एक फ्ल्याटमा आफ्ना सामान बेचेको विषयलाई लिएर मिथुनाह र सरवननबीच विवाद सुरु भएको थियो। झगडाको खबर पाएर मिथुनाहलाई सहयोग गर्न आएका सुमीनसँग पुनः विवाद भएपछि सरवननले कैँचीले आ’क्र’मण गर्दा सुमीनको मुटुमा गहिरो चोट लागी उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको थियो।
अदालतमा प्रतिवादीले आत्मरक्षाका लागि कैँची समातेको दाबी गरे तापनि प्रमाणहरूले उनले नै पहिले आ’क्र’मण सुरु गरेको पुष्टि भएपछि न्यायाधीशले उक्त दाबी खारेज गर्नुभएको हो। सरकारी वकिलले मृ’त्यु’दण्डको माग गरे पनि उनी पहिलो पटक अपराधमा संलग्न भएको र उमेरलाई ध्यानमा राख्दै सजाय भुक्तानपछि सुध्रिएर नेपालस्थित परिवारमा फर्कने अवसर दिनुपर्ने अदालतको ठहर छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















