सुशान्तकी प्रेमिकासँग प्रहरीको बयान

मुम्बई  । आत्महत्या गरेका बलिउडअभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिकासँग प्रहरीले ११ घण्टा लामो बयान लिएको छ । प्रहरीले बिहीबार (जुन १८ मा) सुशांतकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई उहाँसँगैको सम्बन्धसँगै चलचित्र क्षेत्रको विषयमा बयान लिएको हो । अनुसन्धानको क्रममा रियाले उनी र सुशान्तको विवाह हुने तयारी भएको समेत बताएको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ । 

यस अनुसन्धानको क्रममा रिया र सुशान्त करिब एक वर्षदेखि सम्बन्धमा रहेको खुलेको छ । रियाले सुशांतको सम्बन्ध, यस्तै फिल्म उद्योगमा सुशान्तसँगको सम्बन्ध, रिया र सुशान्तको घर परिवर्तनको विषय तथा दुवैको विवाहसम्बन्धी बयान रेकर्ड गरिएको छ । प्रहरीले रिया र सुशान्तको कल रेकर्डको स्क्यान पनि गरेको छ । रियाका अनुसार उनीहरू सम्बन्धमा रहनुभन्दा अघि नै रियालाई सुशान्तले यसराज फिल्मस् छाड्न आग्रह गर्नु भएको थियो ।

रियाले प्रहरीसामु सुशान्त र आफ्नो प्रेमका विषयमा बोल्नु भएको छ । उहाँले भन्नु चएको छ, ‘सन् २०१९ मा सुशान्तले मलाई प्रेम प्रस्ताव गरे । मैले पनि मन पराउँथे र हाम्रो रिलेसन त्यसरी अगाडि बढेको हो ।’