युएईबाट चार्टर्ड विमानमा १४८ नेपाली स्वदेश फर्कदैंं/निःशुल्क कोरोना परिक्षण।

युएई:= युएईबाट नेपाल सरकारको पहिलो चार्टर्ड उडानमार्फत १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरस ( कोभिड–१९ ) का संक्रमणको कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको युएई स्थित दूतावासले जनाएकाछ्न। युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ०४:०० बजे उडान भएको छ ।
असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो , फर्कने नेपालीहरुमा अधिकांश महिला रहेको छ्न भने सोहि विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावास स्रोतले बताए।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।
नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको दूतावासले जनाए।
सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् दूतावासले भने।

विमानस्थलमा निःशुल्क कोरोना परिक्षण :

[ विमानस्थलमा स्वदेश फर्कन लागेका नेपालीहरुको आरडीटी परीक्षण गरिँदै ]

कोरोना परीक्षणसमेत गर्नुपर्ने भएपछि यात्रुहरु जहाज उड्ने समयभन्दा ६ घण्टाअघि नै विमानस्थल पुगेका थिए । उनीहरुलाई विमानस्थलसम्म पुग्ने सवारी र विमानस्थलको प्रतिक्षालयमा समेत सामाजिक दुरी कायम गरेर राखिएको थियो ।
युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गराएको छ । युएई सरकारले व्यवस्थित तरिकाले कोरोना परीक्षण गराएकोप्रति नेपालीहरुले आभार प्रकट गरेका छन् ।

त्यस्तै दूतावास र सामाजिक संस्थाका प्रतिनिधिहरुले फर्कने नेपालीहरुको विदाई गरेको जनाएका छन। विमानस्थलमा उनीहरुको कोरोना परीक्षण र अन्य सहयोगका लागि एनआरएनए युएईका प्रतिनिधिहरुले सहजीकरण गरेको स्रोतले बतायो।

दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम , एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल लगायतकोले नेपालीहरुलाई विदाई गर्न विमानस्थलमै पुगेका थिए ।