आरएन चौधरी थारु ,,
क्वालालम्पुर ( मलेसिया ):= आज जुुुन महिना १८ तारिख बिहिवारको दिन सरकारको चार्टर्ड विमान मार्फत स्वदेश फर्किन लागेको १ सय ५२ जना नेपाली मध्य १ सय १७ जनामात्रै स्वदेश फर्कन पाएको , बाकी ३५ जना नेपालीहरु प्राबिधिक गडबडीले स्वदेश फर्कन नपाएको खबर प्राप्त भएको छ।
हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमार्फत मलेसियाबाट नेपाल फर्कन लागेको दूतावासको प्राथमिकतामा परेका नेपाली यात्रुहरुमध्य ३५ जना नेपालीहरु स्वदेश फर्कन नपाएको मलेसिया स्थित नेपाली दूतावासले बताउनुभयो।
स्वदेश फर्कन लागेका ति नेपालीहरुसंग अध्यागमन बिभागको यात्रा अनुमतिपत्र ( check out memo ) , रोजगारदाता कम्पनीले यात्रा अनुमतिको लागि दिएको कुनै त्यस्तो आधिकारिकपत्र समेत साथमा नरहेको कारण स्वदेश फर्कन नपाएको दूतावास स्रोतले जानकारी गराउनुभयो।
दूतावासले भने , हामी स्वदेश फर्कनेहरुलाई बारम्बार सु-सुचित गर्दै आईरहेका थियौं तर यहाँनेर तिनिहरुको कम्पनी र फर्कने स्वयंमले पनि ठूलो त्रुटि गरेको देखियो।
आज फर्कने १ सय १७ जना नेपालीहरु दूतावासको प्राथमिकतामा परेकाहरुमध्यको ११ जना महिला कामदार,एकजना महिला बिद्यार्थी र अन्य पुरुष कामदारहरु,बिद्यार्थीहरु,भिजिट भिसामा घुम्न आएका टुरिस्टहरु रहेको जनाए।


स्वदेश फर्कन नपाएका बिषयबारे नेपालीहरुसंग टेलीफोन सम्पर्क गरेर बुझ्दा , दूतावासले र एयरलाइन्स कम्पनीले हामीलाई पहिलानै कुनै त्यस्तो प्रष्ट जानकारी नगराएको , अन्यौलताको कारण यो समस्या झेल्नुपरेको आरोप लगाए।
उनीहरुले थप बोल्दै भने,” केहि दिन अगाडि हामीले स्थानीय समाचार र दूतावासलेनै जारी गरेको सुचनाहरुमा पढेका,सुनेका थियौं , मलेसिया सरकारले भनेअनुसार जनवरीदेखि यता लकडाउन अवधीभित्र कोरोनाको कारण भिसा सकिएर , कम्पनी बन्द भएर , श्रम सम्झौता सकिएर बसेकाहरू स्वदेश फर्कने बेलामा कुनैपनि झन्झटिलो प्रक्रिया पूरा गर्न नपर्ने , बिना जरिवाना र सर्तमा सकुशल स्वदेश फर्किन पाउनेछ्न भनेर , त्यसैले हामी ढुक्क भएर आफ्नो सक्कली पासपोर्ट,कोरोना टेस्ट गराएको पिसिआर रिपोर्ट र चार्टर्ड विमान हिमालयनको टिकट लिएर एयरपोर्ट पुग्यौं तर बिड्म्बना हामी स्वदेश फर्कन पाएनौं ति नेपालीहरुले दुखेसो सहित गुनासो पोख्दै भने।”

यता स्वदेश फर्किने बिषयमै आधारित आधिकारिक सुचना दूतावासले सार्वजनिक गरेकाछ्न्।हेर्नुहोस दूतावासले जारी गरेको सुचना :





















