क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा रहेका अबैधानिक ( illegal ) विदेशी श्रमिकहरुलाई बैधानिक बनाउन सकिने बताएको छ।
मलेसिया अध्यागमन बिभाग (इमिग्रेसन) डिपो,जेलमा रहेका अबैधानिक कामदारलाई मलेसियामा रहेका रोजगारदाता कम्पनीले चाहेको खण्डमा कामदार चाहिएको आवश्यकता देखाइ बैधानिक बनाइ काममा राख्न पाउने योजना अगाडि बढ्न सक्ने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताए।
गहृमन्त्री दातुकको भनाई उद्धृत गर्दै द-स्टारले लेखेको छ, ‘यो योजनाले वैध स्वीकृतिबिना नै विदेशी कामदारलाई रोजगारी दिने मुद्दालाई सम्बोधन गर्नेछ ।’
गृहमन्त्री दातुकले आफ्नो कार्यकालको एक सयौं दिनको अवसरमा आयाेजित एक कार्यक्रममा बाेल्दै रोजगारदातालाई इमिग्रेसन डिपोमा रहेका अबैधानिक कामदारहरुबीचबाट सम्भावित कामदारको खोजी गर्नको लागि यो योजना ल्याईएको तर आपराधिक गतिविधिमा संलग्न भएका कारण गैरकानुनी भएकाहरुलाई भने यो योजनाले सम्बोधन नगर्ने जनाइएको द-स्टारले समाचारमा उल्लेख गरेकाछ्न।

‘अहिले यस विषयमा बृहतरुपमा छलफल भइरहेको छ तर यसको सम्भाव्यताको बारेमा अध्यागमन ( इमिग्रेसन ) विभाग र यहाँका अधिकारीलगायत अन्य एजेन्सीहरुसँग पनि छलफल गर्न आवश्यक रहेकोले चाडैं प्रक्रिया अगाडि बढाएर निर्णय गरिने दातुक जैनुद्यीनले भने।
बिना स्वीकृति काम गर्दै आएका श्रमिकलाई डिपोर्ट गरिने छ । इमिग्रेसन विभागले जनवरीदेखि जुन , १५ तारिखसम्म गरेको धरपकडको क्रममा १७ हजार २२६ जना अबैधानिक विदेशी श्रमिकलाई पक्राउ गरिसकेको छ।
मलेसियाको रोजगारदाता संगठनका अनुसार मलेसियामा रहेको ३३ लाख कामदार मध्य २२ लाख बैधानिक रहेको हुनसक्ने अनुमान गरिएकोछ।




















