नेपालमा लकडाउन वैशाख २५ गतेसम्म थपियो।

नेपाल सरकारले वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । 

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले चौथोपटक थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको जनाइएको छ। यसअघि सरकारले वैशाख १६ गते अर्थात भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ।  

हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।