कोरोनाको कारण साउदीमा कर्फ्युको समयावधि लम्बियो/चार नेपालीमा संक्रमण।

साउदी अरबमा कर्फ्यूको समय अवधि लम्बाएर २४ घण्टा पुर्याइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न कर्फ्यूको समय अवधि थपेको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

बुधबारबाट लागू हुने गरी २४ घण्टे कर्फ्यू लागू भएका शहरहरु बाहेक साउदी अरबका बाँकी सम्पुर्ण शहर तथा क्षेत्रहरुमा समेत कर्फ्यूकाे समयावधि बढाएर हरेक दिन दिउँसाे ३ बजेदेखि भाेलिपल्ट बिहान ६ बजेसम्म कायम गरिएको मन्त्रालयले जनाएको सुचनालाई साउदी स्थित नेपाली दूतावासले फेसबुक मार्फत सार्वजनिक गर्फै प्रष्ट पारेको छ।


साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्युको पूणपूर्ण रुपमा पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने जनाएको छ । तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना साउदीस्थित नेपाली दूताबासले अनुरोध समेत गरेको छ । साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूताबासले अपिल गरेको छ।

साउदीमा हालसम्म भाइरसबाट संक्रमितको संख्या २७९५ पुगेको छ । आज थप २७२ जनामा संक्रमण देखीएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६१५ जना उपचार सकिएर निको भएका छन् भने मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ । ४ जना बाहेक थप नेपालीहरुमा संक्रमण नभेटिएको दूताबासले जनाएको छ ।