तिर्थयात्रामा ईन्डिया गएका बुल्कारी चौधरी सहित ६ जना नेपालीको मृत्यु।

काठमाडौं:= भारतको बैंगलोरमा भएको एक सडक दुर्घटनामा परि ६ जना नेपाली तीर्थयात्रुले ज्यान गुमाएका छन् । तामिलनाडुको सलेम जिल्लामा ओमनी बसले मिनिबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । टाइम्स अफ इण्डियाले जनाएको छ ।

मृत्यु हुनेहरु ४६ वर्षका वीरबहादुर राई, ५३ वर्षका गोपाल तामाङ, ५० वर्षका टिकाराम, ५० वर्षकी बोधिनी, ५० वर्षकी बुल्कारी चौधरी र ५५ वर्षका विष्णु थंगाल रहेको छ।

मृत्यु हुनेहरु ३२ जनाको समूहमा भारतमा धार्मिक यात्राको लागि गएको नेपाली टोलीका सदस्य रहेको समाचारमा जनाइएको छ । उनीहरु कन्याकुमारी घुमेपछि राजस्थान जाने क्रममा आज बिहान १ बजेतिर दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।