सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले दिए राजिनामा।

काठमाडौँ:=अन्ततः ७० करोड घुस काण्डमा तीब्र जनआलोचना भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बास्कोटाले राजिनामा दिएका हुन्। राजिनामाबारे बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी गराएका छन्।

राजिनामा दिएका बारे आधिकारी पत्र प्राप्त नभएता पनि सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको सापकोटाले संसदलाई जानकारी गराए।