ओभरटेकले तित्रिवनमा आज बिहान गाडी दुर्घटनाहुँदा ४ जनाको घटना स्थलमै मृत्यु।

सुनिल चौधरी ,,

झुम्का:= राजमार्गको रामधुनी वडा नं. १ तित्रिवन स्थित आज (आईतवार) बिहान सडक दुर्घनाहुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

यात्रुबाहक रात्रि बस र हायस गाडी एक आपसमा ठोकीएर दुर्घनाहुदा हायसका ४ जनाको मृत्यु भएको छ भने हायसमा सवार सबै यात्रु गम्भिर घाईते भएका छन् । रात्रिबसका यात्रु भने सामान्य घाईते भएको इलाका प्रहरी पकलीले जानकारी दिएका हुन् । दुवै सवारी साधनका घाईतेहरुलाई उपचारकालागी इनरुवा अस्पताल, धरानको बिपि प्रतिष्ठान, बिराट नगरेको न्युोरो गोल्डेन अस्पताल लगेको बताए । घाईते हुनेमा को र कहाका छन् भन्ने यकिन हुन नसकेको प्रहरीले जानकारी दिए ।

आईतवार बिहान ७ः ३० बजे तित्रिवन स्थित मैदा फयाक्ट्री नजिकै दुर्घना हुन पुगेको छ । ओभरटेक गर्न खोज्दा सो दुर्घटना हुन पुगेको प्रहरीको भनाईरहेको छ । पुर्वबाट काठमाण्डौ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हायसले सोही दिशाबाट जादै गरेको अर्को हायसलाई ओभरटेक गर्न खोज्दा पश्चिम तर्फबाट आउदै गरेको ना ६ ख ७९५ नम्बरका रात्रिबसमा ठोकीदा दुर्घटना भएको प्रहरीले बताएका छन् । दुर्घटना ग्रस्त हासयको बडी अगाडीबाट आदिभाग कुचिएको अवस्थामा रोड भन्दा तल रुखमा अडिएको अवस्थामा छ । रात्रि बस भने रोड भन्दा केही तल गएको देखिन्छ ।

तिब्रगती र ओभरटेक गर्नाले यात्रुहरु असुरक्षित हुने गरेको छ । धेरै स्थानमा तिब्रगती र ओभरटेकले दुर्घनाहुदा यात्रुहरु ज्यान गुमाउनु परेको हो । ट्राफिक नियम पालनामा चालकले हेलचेक्रयाई गरिरहेको छ । अगाडी पुग्ने र पहिलेनै फर्किने बहानामा तिब्रगती चलाउने गरेको एक हायस चालकले बताए । यात्रु ओसारर्ने र बढी आम्दानि लिने सोचले यात्रुको ज्यानै जोखिममा राखेर ओभरटेक र तिब्रगती चलाउने गरेको देखिन्छ । ट्राफिक, प्रहरी प्रसाशनको प्रभावकारी अनुगमनको अभाव र फितलो कार्वाही गर्ने अवस्थाले पनि यो घटनाको कारण मान्न सकिने जानकारहरुको भनाईरहेको छ ।