किशोर किशोरीहरुको समस्या सामाधानकालागी मिडियासंग अन्तरक्रिया कार्यक्रम।

सुनिल चौधरी,,

झुम्का:= किशोर किशोरीहरुको समस्या सामाधानकालागी डुम्राहा स्थित मिडिया संग अन्तरकृया भएको छ । रामधुनी वडा नं. ८ मा गठित जनचेतना युवा महिला किशोरी समुहमा आबद्ध सदस्यहरु र स्थानिय पत्रकारहरुसंग छलफलगर्दै समस्या उठानगरी सामाधानकालागी पहल गर्ने प्रतिबद्धता गरेको हो ।

प्लान नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीको आयोजनामा भएको सो अन्तरकृयामा उनीहरुले भोगेका समस्या तथा समाजमा घटित घटनाहरुबाट आएका समस्याहरुको बारेमा पत्रकार र किशोरी समुहले पहिचान गरेका छन् । अन्तरकृया गर्दै बिशेषगरी किशोरीहरुमा बालविवाह, घरपरिवारमा कामगर्नु पर्ने बाध्यत्मक सिर्जना, प्रेमगरी केटा केटि घरबाट भाग्ने, किशोरीहरु अभिभावक बाटै हेपिने, दाईजो प्रथा, महिनावारी हुदाको अवस्थामा अछुत मान्नेहुदा ५ दिन बार्ने जस्ता समस्या रहेको समुहकी किशोरीहरुले जानकारी दिईन् ।

यसैगरी पत्रकारहरुले देखेका र सामाचार बनाएका किशोरीहरुको समस्या बारेमा आफनो अनुभवहरुको प्रतिकृयाहरु दिएका छन् । पत्रकार धिरेन्द्र चौधरीले आफनो धारणा राख्दै किशोरीहरुमा आएको समस्याहरु समाजमै मिलाउने र ढाकछोप गर्नाले न्यायपाउनबाट बन्चित रहेको बताए । कतिपय घटनाहरुमा न्याय पाउन नसक्दा किशोरीहरुमा मानसिक दवाव बढ्ने र त्यसबाट उत्पन्नहुने आत्महत्या घटना सम्म हुने गरेको पत्रकार चौधरीले उठान गरेका हुन् । किशोरीहरुले खुल्ला रुपमा आफनो समस्या राख्न नसकेको यो ठुलो समस्या रहेको पत्रकार सुमन भट्टराई बताए । उनीहरु लजाउने, डराउने गर्दा कतिपय जटिल समस्या लुकेर बस्ने गरेको पत्रकार भट्टराईले बताएका हुन् ।

डुम्राहामा वालविवाहको समस्या समेत रहेको छ । उमेर नपुगि केटा पक्षको घर ब्यवहार राम्रो छ भन्दै सो बहानामा गार्जनकै दवावमा वालविवाह हुने गरेको समस्या बारेमा जानकारी दिए । बिध्यालयमा शिक्षकले पढाउने क्रम्ममा छुने, अभद्रब्यवहार जस्ता यौनजन्य ब्यवहार गर्न खोज्ने समेत उनिहरुले जानकारी दिएका हुन् । समुहका सदस्यहरुका अनुसार डुम्राहामा एकजना किशोरीलाई घरको काम नगरेको भन्दै अभिभावकले कुटपिट गर्दा मानसिक सन्तरलननै गुमाउनु परेको जानकारी दिईन् । यसता खाले घटनाहरु प्रहरीमा उजुरी गर्दा समेत सुनुवाई नगरेको उनिहरुले भनाई राख्दै समस्याहरुको न्याय दिलाई सामाधन गर्न पत्रकारहरुको भुमिका रहनु पर्ने अपेक्षा गरेका हुन् ।

समुहकी अध्यक्ष सुमना कार्कीको अध्यक्षतामा भएको अन्तरकृयबाट किशोरीहरुको समस्या प्राथमिक्ताका साथ प्रकाशनगर्ने पत्रकारहरुले प्रतिबद्धता गरेका छन् । समस्याहरुको खोजमुलक रुपमा उठानगरी आफनो मिडियाबाट सामाचार, लेख, रचनाहरुलाई प्रथमिक्तामा राख्ने प्रतिबद्धता गरे । पत्रकार प्रदिप चौधरी, खेमराज सापकोटा, धिरेन्द्र चौधरी, सुमन चौधरी, सुनिल चौधरीले प्रतिबद्धता जनाएको युथक्रिएशन सुनसरीका तुलसी साहले जानकारी दिए हुन् । अन्तरकृयाकालागी समुहकी कोषाध्यक्ष सपना चौधरीले उद्धघोषण गरेकी थिईन् भने स्वागत मनतब्य प्रियाकार्कीले राखेकी थिईन् ।