काठमाडौं:= नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो ।बंगलादेशविरुद्ध नेपालकी सुनिता खड्का प्लेयर अफ दि म्याच चुनिए ।
यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।अब नेपालले अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ । नेपालसँगै माल्दिभ्स पनि फाइनल पुगेको छ ।राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं:= प्रवासी नेपाली समन्वय समिति (PNCC) ले आफ्नो स्थापना दिवस तथा १७औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा...
काठमाडौं := भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
भारत:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गर्नुभएको छ । बुधबार रास्वपाका...
काठमाडौं := सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पाँच दिने औपचारिक भ्रमणको क्रममा छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ...
क्वालालम्पुर(मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले २५७०औँ बुद्ध जयन्ती (वेसाक डे) विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ। भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा...