भारत:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गर्नुभएको छ । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँग नयाँदिल्लीमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफूहरूबीच साझा समृद्धि र भविष्यका लागि नजिकबाट सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
नेपाल र भारतबीचको सम्बन्धलाई विशेष तथा बहुआयामिक भन्नुभएका प्रधानमन्त्री मोदीले त्यसलाई अझ उच्च स्तरमा पुर्याउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘नेपाल हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार हो। नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन हामी उत्सुक छौँ ।’ मोदी र लामिछाने बीचको भेटलाई नेपाल-भारत सम्बन्ध तथा अन्तरपार्टी संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।



















