किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाको पुनर्गठन/अध्यक्षमा पुर्ण तुम्बापो ।
क्लालालम्पुर:= राष्ट्रिय विभूति, महागुरु फाल्गुनन्दको १३५ औ जन्मजयन्तीको अवसर पारेर किरात धर्म तथा साहित्य उत्थान संघ, मलेसियाले नयाँ कार्य समिति चयन गरेको छ ।
पुरानो कार्य समितिलाई पुनर्गठन गरेर उपाध्यक्ष पूर्ण तुम्बापोको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हेम राज योङहाङले मलाया खबरलाई जानकारी गराउनु भयो ।
समितिको संरक्षकमा दिल कुमार केरूङलाई चयन गरिएको छ्न भने अध्यक्ष पूर्ण तुम्बापो, उपाध्यक्ष हर्क आङदेम्बे, महासचिव हेमराज यककङहाङ, सचिब गुरूहाङ सेर्मा, कोषाध्यक्ष धन कुमार योङहाङ रहनु भएको छ ।
त्यस्तै सदस्यहरूमा अनिल योङहाङ, बिक्रम काम्बाङ, गणेश कुमार फत्र, बिक्रम लिम्बू, धनराज नेम्बाङ, भीम नेम्बाङ, अरुण चेम्जोङ, कृष्ण मगर, मोहन सेर्मा, कालुराम थेगिम, बिकेन्द्र लावती, आईत लावती, भाङबिर आङदेम्बे, सुरेन्द्र आङथुपो लिम्बु,रबिन आङदेम्बे, कुशल नेम्बाङ, माङसेहाङ लावती, फौदराज लावती, धन बहादुर सेन्दाङ, सोम आङबुहाङ, सुकबिर नेम्बाङ, मचिन्द्र नेम्बाङ लगायतको रहेका छ्न । उक्त भेलाले सल्लाहकारमा भक्त यङहाङलाई चयन गरेको छ।


















