बाडि पिडित लाइ प्रदीप बोहराद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग ।

बाडि पिडित विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मलेसियामा रहेका नेपाली व्यवसायी प्रदीप बोहरा (आकाश) ले रु. १ लाख ११ हजार १११ सहयोग गरेका छन्।

बोहरा सगरमाथा युवा क्लब मलेसिया, मलक्काका अध्यक्ष हुन्। भोजपुर पुर्ख्यौली घर भएका उनी हाल मोरङको उर्लाबारीमा बसोबास गर्दै आएका छन्।

बोहरा विगत २५ वर्षदेखि मलेसियामा कार्यरत छन्। श्रमिकका रूपमा मलेसिया प्रवेश गरेका उनले हाल आफ्नै कम्पनी सञ्चालन गर्दै आएका छन्। उनको कम्पनीमा २४ जना नेपाली कार्यरत रहेको जनाइएको छ।