चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताए । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताए ।
नेता पौडेलले भने, “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।” पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टी्भित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो ।



















