काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको हो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।
बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्य्विभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो ।
बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सो बैठकमा पार्टीको एकताका बाँकी काम टुंगो लगाउने कार्यसूची छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्य्विभाजन टुंगो अझै लागेको छैन ।
उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने लगायतका कार्यकारी जिम्मेवारी प्रचण्डलाई दिएका थिए ।



















