नेपाली जनता सदैव सार्वभौम थिए र रहनेछन्, यो शास्वत सत्य हो । संविधानमा लेख्नु र नलेख्नुले कुनै फरक पार्दैन । किनभने जब जनताले आप्mनो त्यो सार्वभौम अधिकार प्रयोग गर्छ त्यो संविधानसम्मत हुन्छ वा हुनैपर्छ भन्ने हुँदैन । जनता राष्ट्र बन्न आवश्यक पर्ने प्राथमिक र महŒवपूर्ण अवयव हुन् । अरू अवयवको कमीमा पनि काम चलाऊ राष्ट्रको अवधारणा कायम हुन सक्ला तर जनताबेगर राष्ट्रको कल्पना पनि हुँदैन । त्यसैले सबैले बुभ्mनुपर्ने कुरा के हो भने संविधान, नियम, कानुन जनताका निमित्त हुन् जनता संविधान, नियम, कानुनका निमित्त होइनन् ।
शासन प्रशासन जनताका निमित्त हो जनताको शासन प्रशासनको निमित्त होइन । दल जनताका निमित्त हो अनि नेता दलको निमित्त । त्यसैले, नेता जनताका निमित्त हुन्, जनता नेताका निमित्त होइनन् । जब यो कुराको मर्यादा तोडिन लाग्छ, तब जनताले आप्mनो सार्वभौम शक्ति प्रयोग गर्ने वातावरणको बीजारोपण हुन्छ । यो अवस्था एकैचोटि अचानक भने आउँदैन । बीजारोपण भएको लामो समयपछि मात्र अंकुरण हुन सुरु हुन्छ तर अंकुरण हुने प्रक्रियामा नै यो भुसको आगो जस्तै भित्रभित्रै सल्किँदै जान्छ । कुशल शासकले यो अवस्था बेलैमा पत्ता पाउँछन् र त्यसको उपचार पनि समयमै गर्छन् । अकुशल शासकले पनि पत्तो नपाउने चाहिँ होइनन्, अलि ढिलो भए पनि पत्ता पाउँछ तर यसलाई सम्बोधन गर्न योग्य देख्दैनन् । बेवास्था गर्ने गर्छन्, उसको देखाइमा जनता शक्तिको पछि लाग्छन् भन्ने हुन्छ । ससाना कुराले जनता फकाउन सकिन्छ । अनि सधैँभरि खुसी पारेर राख्ने होइन जनतालाई चाहिएका बेला मात्र फकाउने हो भन्ने ठान्छन् । यो गलत सोचले नै जनतालाई आप्mनो सार्वभौमसत्ता प्रयोग गर्ने वातावरण दिन्छ ।
यो बीजारोपण नेपाली समाजमा धेरै पहिलेदेखि भएको छ । अझ भन्ने नै हो भने पहिलेका सत्ताहरूलाई समाप्त पार्न हालका सत्ताधारीले मिहिनेत गरेर हुर्काएको असन्तोषको अंकुरण हो । सहज परिवर्तनले परिवर्तनकारीहरू आपूm गाली खाने स्थानमा आइपुगेको र पहिले गाली गरिएकाहरू गाली गर्ने स्थानमा पुगेको पत्तै भएन । पहिलो परिवर्तनको तीन दशक हुन लाग्दा पनि त्यो पुरानो सत्तालाई गाली गरेरै जनता भुल्याउन सकिन्छ भन्ने सोच हाबी भएको छ ।
दोस्रो परिवर्तन पनि दशकभन्दा उँभो लाग्यो तैपनि परिवर्तनकारी नेतृत्व भने उही युगमा बा“चेको छ । अर्थात् पहिलेकाले गरेको कथित अत्याचार गन्ती गराएर जनता उरालेको धङ्धङीमै मस्त छन् । अब आपूmले फुकेर ज्वाला बनाएको आक्रोशको प्रबन्धन गर्नुपर्ने जिम्मेवारी आपैmँलाई आएको कुरा बिर्सेका छन् ।
त्यसैले पहिलो चरणमा कुनै दलमा आपूmलाई आबद्ध गरेका बाहेक सबै उमेर समूहका नेपालीहरूमा असन्तोष व्याप्त भयो । असन्तोषका कारणहरू सबैका अलग–अलगजस्ता देखिए पनि मूल मर्म एउटै हो । त्यो हो भनिएको परिवर्तन अन्तरआत्माले अस्वीकार गर्नु र चेतनले अन्तरआत्माको कुरा अस्वीकार गर्नु । यो असन्तोषले बिस्तारै निराशा जन्मायो जसकोे सम्बोधन गर्न नेतृत्व चुक्यो । नेतृत्व चुक्नाले निराशा कुण्ठामा परिणत भयो । अब यो कुण्ठा दलहरूमा आबद्ध भएकाहरूमा पनि पुगेको छ । हिजोका दिनमा नागरिक समाज, पेशाकर्मी आदि नामले परिवर्तनमा योगदान गरेका भनिएकाहरूमा पनि पुगेको छ । आपैmँले ल्याएको भनिएको व्यवस्थाले स्थापना गरेका अंगहरूमा अविश्वास भरिएको छ ।
खोलामा धेरै पानी बगेको छ, परिस्थिति फरक भएको छ भन्ने भाषणहरू सुन्दा नेतृत्व यो समस्यासँग परिचित हुनुपर्ने हो तर व्यवहार त्यस्तो देखिँदैन । अरूलाई समयअगाडि बढिसकेको जनाउ दिने यस्ता वाक्य मिसाएर भाषण गर्ने नेतृत्व भने पञ्चायतकालको आप्mनो इतरको भूमिकाबाट बाहिर निस्केको देखिँदैन । जब इतरको भूमिकाबाट त बाहिर निस्केको छैन भने अग्रगमन भनिने अवस्था त बुभ्mने कुरै भएन ।
त्यसैले, गाउँ–गाउँमा पुगेको भनेको सिंहदरबार औपनिवेशिक भारतको कम्पनी सरकारजस्तै भएको छ, जसको काम थियो जसरी भए पनि लगान वा कर उठाउनु । सूचना तथा तथ्यांक लुकाएर या त्यसलाई भ्रमपूर्ण तरिकाले पेश गरेर उपलब्धि तथा काम देखाउने प्रयत्न हु“दैछ । प्रगति विवरणमा आएका यस्ता हास्यास्पद प्रगतिमा विवरणले सोच्न बाध्य बनाउँछ यो सरकारको प्रगति विवरण हो वा वडा सचिवको ?
सूचना र सञ्चारको क्षेत्रको अवस्था प्रतिदिन सुधिँ्रदै छ । अब कुनै सूचना गोप्य रहन असम्भवप्राय छ । यस्तो अवस्थामा असन्तोषको सम्बोधन गर्ने आपूm पनि अध्यावधिक हुन आवश्यक छ । जनमानसलाई गलत तथ्यांकको आधारमा चित्त बुझाउन सकिँदैन । आपूm सामुन्ने पस्किएको कुरा कति ठीक कति बेठीक हो भन्ने कुरा जा“च्ने अनेकौँ तरिका सहज उपलब्ध छन् । सञ्चारको तीव्र विकासले विश्व र मानवको जीवन प्रणालीमा धेरै परिवर्तन आइसकेको छ ।
हाल प्रौढ हु“दै गरेको पिँढीले सूचना प्राप्त गर्न गर्नु परेको अत्यधिक श्रम हाल कल्पना गर्न पनि सकिँदैन । ७० को दशकमा ‘सिबी रेडियो’ भनिने सीमित रेडियो सञ्चारको अनुमति प्रक्रिया सरल गरेर संयुक्त राज्य अमेरिकाले जनतामा ल्याउँदा युगान्तकारी काम मानिएको थियो ।
आज हातहातमा मोबाइल र सामाजिक सञ्जालले जोडिएको युवापुस्तालाई केही दशक पहिलेको त्यो अवस्था ढुंगेयुगझैँ लाग्छ तर समाजको नेतृत्व गरिरहेको वर्गले सञ्चारको यो सर्वसुलभताको शक्ति र असरको अनुमान गर्न नसकेको देखिन्छ । सूचना र त्यसको प्रशोधनको जिम्मा अब विद्वत् वर्गको हातमा छैन ।
समाजका विभिन्न तहका समूहरू आआप्mनो ज्ञान र विवेकको आधारमा आपैmँ अर्थ लगाउँछन् । यसको आधारमा व्यक्त गरेको प्रतिक्रिया निमेषभरमै सबैतिर प्रसार हुन्छ । नेपालको बारेमा प्रसार भइरहेका कुराहरूमा सकारात्मक कम नै भेटिन्छन् । यसले जनताले आप्mनो भविष्य अँध्यारो देख्न थालेका छन् । त्यसैले, सबैको चेतन वा अर्धचेतनले एक युगनायक खोजी गरिरहेको छ । यसको प्रत्यक्ष लक्षण कसैले पनि अलिकति आशा जगाइदियो भने त्यसको प्रशंसामा सबै लाग्नु हो ।
पारम्पारिक मान्यता चुरचुर पार्न खोजिएको वर्तमानमा आएका वैकल्पिक पात्रहरू असफल हु“दै छन् । यसरी एक–एक पात्र असफल हु“दै जाने हो भने जनताको कुण्ठा आक्रोशमा परिणत हुन्छ । त्यो आक्रोशले विप्लव जन्माउन थाल्यो भने त्यसको कुनै नेतृत्व हुने छैन । नेपालमा एक नेतृत्वविहीन विद्रोहको पृष्ठभूभि तयार हु“दै छ । यस्तो विद्रोहको न कुनै नेतृत्व हुन्छ न कुनै विशेष माग । दावानलजस्तो जता सल्किन सक्यो त्यतै सल्किने गर्छ । यसले कसैको भलो गर्दैन, मुलुकको विनाश भने पक्कै गर्छ । त्यसैले, यो अवस्थातर्पm मुलुकलाई जान दिइनु हु“दैन । यसका निमित्त आक्रोशको बेलैमा सम्बोेधन हुनु आवश्यक छ । सम्बोेधन मात्र होइन उचित सम्बोधन पनि चाहिन्छ ।
नेतृत्वविहीन, अनुहारविहीन विप्लवको पूर्वसूचना आइसकेको छ । कुनै पनि सरकार र व्यवस्थालाई चुनौती दिन सकिने ठानिएको मौकामा जनता आप्mनो सार्वभौम अधिकारको अभ्यास गर्न थालिसकेका छन् । त्यसैमा मिसिएर आप्mनो उपस्थिति देखाउने समाजका लब्धप्रतिष्ठितहरू पनि देखापरेका छन् । भीडलाई सही बाटोमा लैजाने क्षमता राख्नुपर्ने लब्धप्रतिष्ठितहरू जब आप्mनो सामाजिक अस्तित्वका निमित्त भीडको आवाजमा लोली मिलाउन तत्पर हुन्छन् भने भन्न आवश्यक छैन त्यो समाज कति विस्फोटक भएको होला ।
यो विकट अवस्थाको सम्भावना रोक्नसक्ने पात्र भनेका दलहरूलगायत जनताले आशापूर्ण तरिकाले हेरेका शक्तिहरू हुन् । जब यो अवस्थाले ती शक्तिहरूलाई पनि आफ्नोअनुसार डोहो¥याउँछ भने यी विकल्पहरू पनि भएनन् ।
यो अवस्था मुलुकमा नेतृत्वविहीन विप्लव हुने अवस्था हो । यसले मुलुक जता पनि जानसक्छ । यस्ता हरेक आक्रोशमा कुनै न कुनै निमित्त नायकहरू हुने गर्छन् । लगातारजस्तै प्रकट भइरहेका आक्रोश प्रदर्शनहरूमा भने हरेकपल्ट निमित्त नायकहरू परिवर्तन हु“दै गएका छन् । यो आक्रोशले सत्ता वा व्यवस्थाको विपक्षमा मात्र कुरा सुन्छ पक्षमा सुन्दैन भन्ने घटनाहरू पनि हु“दै छन् । कुनै पनि कुराले जन्मन सक्ने आक्रोशले विखण्डनतर्पm जाने सम्भावनालाई पनि निमित्त नायक बनाउनसक्छ । नेपालको करिब पौने तीन शताब्दीमा युगनायकको अत्यन्त आवश्यकता परेको कालखण्ड यही नै हो ।
यो बेलामा निमित्त नायकहरूबाट मात्र परिस्थिति सम्हालिन सम्भव छैन । यस्तो बेलामा दुई विकल्प हुन्छन् । पहिलो यस्तै आक्रोशले जन्माएको अशान्तिले पैदा गरेको नेतृत्व गर्ने व्यक्ति जो विगतमा ‘प्रचण्ड’ थिए । यो दिगो हुँदैन भन्ने सावित भइसक्यो । दोस्रोमा सबैले चिन्ने युगनायक, जसलाई केहीले आदर गरून्, केही त्योबाट डराऊन् । राम्रो भने पनि नराम्रो भने पनि त्यसले गर्नसक्छ भन्ने विश्वास होस् । अनि वर्तमानले सत्ताको दोषारोपण, धम्की पाइरहको होस् । अब चुपचाप बस्दा पनि सत्ताधारीले हमेसा धारेहात लगाएको पात्र को भनेर भनिरहनु नपर्ला ।
(कार्की विराटनगरबाट लेख्छन् ।)




















