अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै।

क्वालालम्पुर := गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

बिगतका वर्षहरूमा झैँ यसपाली पनि आउँदो महिना मे १ तारिख शुक्रबारका दिन परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा होटल ग्राण्ड कन्टिनेन्टलको सभाहलमा सो शुभकामना आदानप्रदान कार्यक्रम हुने तय भएको हो।

कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने र नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका महासचिव बिष्णु प्रसाद बरालले जानकारी दिनुभयो।

आयोजकका अनुसार कार्यक्रम दिउँसो ०१:०० बजेदेखि साँझ ०५:०० बजेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तरक्रियात्मक गतिविधिहरू, विभिन्न सांस्कृतिक , नाचगान प्रस्तुतिसंगै एक आपसमा शुभकामना आदानप्रदान गरिनेछ।

मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य रहेको आयोजकले बताएको छ।