काठमाडौं । केही महिनायता निरन्तर उकालो लागेको सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन १२ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
साउन पहिलो साता प्रतितोला ६४ हजार ५ सय रुपैयाँ रहेको सुन साउन अन्तिम साता ७१ हजार ५ सय रुपैयाँ पुगेको थियो । भदौको पहिलो साताका केही दिन मूल्य स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार जुन परिस्थितिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो, त्यो परिस्थितको तत्काल अन्त्य हुने सम्भावना छैन । त्यसैले मूल्य घट्ने नभई अझै बढ्न सक्नेछ ।



















