पूर्वी एशियाको आकाशमाथि सैन्य गतिविधि बढ्दो

सियोल । पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पनि विवाद बढिरहेको छ । गतहप्तामात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आइडन्टिफिकेशन जोनमा (अडिआइजेड) चिनियाँ र रूसी लडाकू विमानसँग भएको थियो । यो घटनापछि आकाशमा बढ्दो सैन्य गतिविधिका कारण सुरक्षा चुनौती बढेको छ ।

यद्यपि चीन र रुसको यो पहिलो संयुक्त हवाई सुरक्षा उडान थियो, तर दुवै देशका विमान लगातार अर्को देशको हवाई सीमामा प्रवेश गरिरहे, त्यो चाहे जानाजान होस वा अञ्जानवश । यस्तो गतिविधिका धेरै कारण हुन सक्छन् । खुफिया जानकारी जम्मा गर्न या चालकको तालिमका लागि नै किन नहोस् । अथवा यसको पछाडि क्षेत्रीय यथास्थितिको उल्लघंनको उद्देश्य पनि हुनसक्छ । 

एडिआइजेड एउटा प्रारम्भिक वार्निङ सिष्टम हो, जो शीत युद्ध ताका बनाइएको थियो । तर पूर्वी एशियामा यसको वहानामा विवादित इलामा आफ्नो दाबी गर्नकालागि प्रयोग गर्न थालिएको छ । वास्तवमा एडिआइजेड एउटा यस्तो हवाई क्षेत्रको हो, जो देशको हवाई सीमानजिक जहाँ कुनै पनि अज्ञात विमानबाट पहिचानको प्रोटोकल मान्नलाई भनिन्छ । यदि विमानले निर्देशनको पालना नगरे कारबाही गरिन्छ । 

रमाइलो त के भने यस्ता हवाई जोन स्थापना गर्नबाट रोक्नका लागि कुनै नियम कानुन छैनन् । न कुनै अन्तर्राष्ट्रिय कानुनी दिशा निर्देश नै छन् । पछिल्लो घटनाले बेइजिङ र मस्कोले सबैभन्दा पहिला यो विषयमा ध्यान केन्द्रित गराएका छन् । जब दक्षिण कोरियाले चिनियाँ जेटले सियोलको हवाई क्षेत्रमा घुसपैठ गरेको बतायो, तत्काल चीनले यो त्यस्तो अन्तर्राष्ट्रिय हवाइ क्षेत्र हो जहाँ हरेक देश हवाई सञ्चालनका लागि स्वतन्त्र रहेको प्रतिक्रिया दियो । अमेरिका पहिलो देश हो जसले १९५० को दशकमा एडीआईजेड स्थापित गरेको थियो । 

र, त्यही दशकमा उसले दक्षिण कोरिया र जापानको एडिआइजेड पनि स्थापना गरेको थियो । त्यस बाहेक यो क्षेत्रमा भियतनाम, फिलिपिन्स र ताइवानसँग पनि एडिआइजेड छ, र इण्डोनेशियामा आफ्नो जोन बनाउने योजना बनाइरहेको छ । 

सन २०१० मा जापानले आफ्नो एडिआइजेडलाई योनागुनी द्वीपसम्म फैलाएको छ, जसमाथि ताइवानले पनि दाबी गर्दै आएको छ । यी देशका समूहमा चीनपछि सहभागी भयो र २०१३ मा उसले पूवई चीन सागरमा आफ्नो पहिलो एडिआइजेड स्थापित ग¥यो । यद्यपि यसको हवाई जोनमा एउटा विशेषता के पनि छ भने यहाँबाट जाने सबै विमानले आफ्नो पहिचान बताउनुपर्छ, चाहे त्यो जहाज जहाँ सुकै जाओस् । 

यो जोनमा जापान प्रशासित सेनकाकू द्वीप पनि छ, जसलाई चीनले पनि दाबी गर्दै आएको छ । र यसलाई डियाओयू द्वीप भनिन्छ । योसँगै दक्षिण कोरिया नियन्त्रित लियोडो द्वीप पनि यो जेनमा आउँछ । जब तीनले आफ्नो एडिआइजेड घोषित ग¥यो तब उसले केही दिनपछि सियोलले आफ्नो जोन विस्तार गर्दै लियोडोलाई पनि विस्तार ग¥यो । यसको अर्थ दक्षिण कोरिया आफ्नो दाबीलाई झन बलियो बनाउन चाहन्छ । 

एउटा रूसी दैनिक पत्रिका एजेवस्तियामा २५ जुलाईमा एउटा लेख प्रकाशित भएको छ । जसमा लेखिएको छ– पछिल्लो दशकमा अन्तर्राष्ट्रिय हवाई सीमालाई मनोमानी तरिकाबाट अधिग्रहण गर्ने र आइडेन्टिफिकेशन जोन विस्तारलाई एक ढर्रा बनाइसकेको छ । लेखमा अगाडि भनिएको छ, ‘यसको जमिनी सीमाबाट शायद केही लेन देन छ । तर केही देशले समुद्रमाथि आफ्नो सीमा नजिकको न्युट्रन हवाई क्षेत्रलाई पनि आफ्नो विशेष हवाई जोन घोषित गर्न सुरु गरेका छन् ।’

एडिआइजेड स्थापना गर्नुको पछाडि देशको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको हवाला दिइन्छ । यद्यपि यसको कसरी नियमन हुन्छ, यो विषयमा धेरै स्पष्टता छैन । यसको प्रयोगको इजाजतलाई दावेदारीको रूपमा हेरिन्छ । विशेष गरी पूर्वी एशियामा धेरै सीमा विवाद छ । त्यसपछिको तर्क के छ भने एडीआईजेडमा यदि कुनै देशको सीमित प्रभाव छ, अहिले पनि लामो समयदेखि यो इलाकामा उसको दाबेदारीलाई पुष्टि गर्न काम आउन सक्छ । यद्यपि चिनियाँ एडिआइजेडलाई अमेरिकी सेनाले नजर अन्दाज गर्छ तर त्यो बाटोको प्रयोग गर्ने ६० वाणिज्यिक एयरलाइन्स र केही अमेरिकी युद्धपोतलाई पनि आफ्नो पहिचान बताउँछन् ।

सिंगापुरमा एस राजरत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजमा डिफेन्स एक्सपर्ट कोलिन कोह स्वी लीनका अनुसार विवादित इलाकामा आफ्नो दाबी गर्नु प्रत्यक्ष भन्दा धेरै अप्रत्यक्ष रूपमा हुन्छ । उनले बीबीसीसँग भने, ‘एक विदेशी विमान यदि एडिआइजेडभित्र रडारमा आयो, वास्तविक हवाई सीमा बाहिर नै भए पनि इलाकामा आफ्नो दाबी जनाउका लागि त्यो माथि दवाब बनाउन सकिन्छ, र फिर्ता गर्न पनि सकिन्छ ।’

यस्तो स्थिति २०१५ मा पैदा भएको थियो, जब आलो एयरलाइन्सको एउटा उडानलाई चीनको हवाई सीमा नियन्त्रकले यसकारण फिर्ता गरिदिएका थिए ऊ सँग पूर्वी चीन सागरको एडिआइजेडबाट जाने पास थिएन । त्यस बाहेक एडिआइजेड केही हदसम्म विवादित इलाकाको माथि हवाई सञ्चालनको वैधता पनि प्रदान गर्छ । उदाहारणको रूपमा चीनको सैन्य विमान यदि सेनकानु या डियोयु द्वीपमाथि उडान भ¥यो भने उसले के दाबी गर्न सक्छ भने चिनियाँ एडिआइजेडमा छ र जापानको हवाई जोनको उल्लघंन गरेको छैन। दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार यो वर्षमात्रै चीन र रुसी सेनाका विमान अगलअगल कोरियाली एडिआइजेडमा ३९ पटक घुसेका थिए ।

युएस नवेल कलेज चाइना म्यारिटाइम स्टडिज इन्स्ट्यिुट मा स्ट्राटेजिक रिसर्चर पीटर डटनले भने– एडिआइजेठ जमिनी सीमासँग जुडिएको हवाई सीमा होइन, तर नक्सामा जहिले पनि सीमा खिच्न सकिन्छ। र, सार्वजनिक गर्न सकिन्छ । र यसको असर के हुन्छ भने यसको रक्षाका लागि मानिसको इच्छा बढ्छ ।’