मलेसियामा कार्यरत नेपाली श्रमिक प्रेम मगरको सुत्यासुत्यै अवस्थामा निधन।

जोहोर (मलेसिया):= वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका पाल्पाका नेपाली श्रमिक प्रेम मगरको सुत्यासुत्यै अवस्थामा निधन भएको छ।

मलाया खबरलाई प्राप्त जानकारीअनुसार, मगर करिब चार महिनाअघि रोजगारीका लागि मलेसिया आएका थिए। उनी जोहोर राज्यको सेनाइस्थित तामान टेक्नोलोजीमा रहेको Insut (Malaysia) Sdn. Bhd. कम्पनीमा कार्यरत थिए।

जानकारीअनुसार, मगर मंगलबार राति खाना खाएर राम्रै अवस्थामा सुतेका थिए। बुधबार बिहान काममा जाने समय हुँदा पनि उनी ओछ्यानबाट नउठेपछि उनको निधन भएको जानकारी सोही कम्पनीमा काम गर्ने नेपाली हरुले बताउनुभएको हो। उनको निधनको यकिन कारणबारे भने विस्तृत विवरण प्राप्त हुन सकेको छैन।

रोजगारीका लागि मलेसिया आएको छोटो समयमै मगरको निधन भएपछि उनको परिवार, आफन्त तथा मलेसियामा रहेका नेपाली समुदायमा दुःख छाएको छ। यस दुःखद घडीमा दिवंगत प्रेम मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस अपूरणीय क्षति सहन परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस्।