क्वालालम्पुर (मलेसिया):= मलेसियाको साबाह प्रान्तस्थित सेम्पोर्नाको एक रिसोर्टमा चिनियाँ महिला पर्यटकमाथि यौ’न दु’र्व्य’वहारको प्रयास गर्ने एक अ’वै’ध विदेशी सुरक्षा गार्डलाई प्रहरीले प’क्राउ गरेको छ।
रिसोर्टको कोठामा एक्लै सुतिरहेकी २५ वर्षीया चिनियाँ पर्यटकमाथि त्यहाँ कार्यरत १८ वर्षीय सुरक्षाकर्मीले ज’ब’रजस्ती नि’य’न्त्रणमा लिई दु’र्व्य’वहारको प्रयास गरेका थिए।
महिलाले बहाना बनाएर उनको पञ्जाबाट उम्किन सफल भइन् र रिसोर्ट नजिकैको जङ्गल तथा झाडीमा लुकेर करिब पाँच घण्टापछि बिहान मात्र आफ्नो ज्यान जोगाउन सफल भइन्। पिडितको उजुरीका आधारमा तत्परता देखाउँदै मलेसियाली प्रहरीले सोही दिन बेलुका ती संदिग्ध विदेशी नागरिकलाई नि’य’न्त्रणमा लिएको हो।
प्रहरी अनुसन्धानका क्रममा प’क्राउ परेका आ’रोपी मलेसियामा कुनै पनि वै’ध कागजात र श्रम स्वीकृति विना लुकिछिपी काम गरिरहेका अ’वै’ध रहेको पुष्टि भएको छ। अदालतले आरोपीलाई अ’वै’ध प्रवेश र अनधिकृत रूपमा रिसोर्टमा पसेको कसुरमा दुई वर्षको जे’ल सजाय समेत सुनाइसकेको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















