तिलोचन गौतम
मलेसिया
गैर आवसिय नेपाली संघ मलेसियाको आगामी नेतृत्व कस्ले लिने भन्ने चर्चा चलिरहदा प्रवासी नेपाली एकता मञ्चका एक नेताले भने एन आर एनको नेतृत्व मलेसियामा नै रहेर व्यापार व्यावसाय गर्नेलाई दिन आग्रह गरेका छन् । प्रवासी नेपाली एकता मञ्चका कार्यदल सदस्य समेत रहेका प्रवासी नेपाली मञ्चका निर्वतमान महासचिव दयाराम कुमालले एन आर एनको आगामी नेतृत्वमा स्थाइत्व भएका व्याक्तीलाई ल्याउन उनको भनाइ थियो ।
व्यापार व्यावसाय गर्ने र मलेसियामा भिषाको कुनै समस्या नभएका व्याक्तीलाई नेतृत्वमा ल्याउनु पर्छ उनले भने यसो गरिए मात्र एन आर एन ले नेपालीका पक्षमा काम गर्न सक्छ । अगाडीका नेतृत्वमा रहेकाहरु नेपालमै वसेका कारण पनि एन आर एनको काम राम्रो हुन सकेन ।
उनका अनुसार एन आर एनको आगामी नेतृत्व सहमतीमा वनाउन पटक पटक छलफल गरिएको छ । नयाँ आउने नेतृत्व श्रमीकमुखी हुने उनको तर्क छ । ‘यहा कसैले कसैको अपव्याख्या नगरे हुन्छ नेतृत्वले नेपालीकै पक्षमा काम गर्छ ’कुमालले भने ।
‘आगामी नेतृत्वका लागी केहि साथीहरुले रहर गर्नु भएको छ तर वहाहरु एन आर एन मलेसियाको कार्यसमितीमा वसे पछि कति समय नेपाल वस्नु भयो कसैले हिसाव गरेको छ ’कुमालले भने ‘२ वर्षे कार्यकालमा १४ महिना नेपाल वसेर आएर नेतृत्वको दावी गर्न नैतिकताले दिदैन् ’।




















