बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

ढाका  । बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्युत गरी शासन आफूले लिएका थिए । 

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य भएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो । पछिल्लो समय जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उनका पूर्वसहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए । सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लवमार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए । उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो । 

सन् १९९० को दशकमा सत्ताच्युत भए पनि उनको जातीय पार्टीले संसद्मा तेस्रो स्थान हासिल गरेको थियो । उनी वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । 

एर्साद आप्mनो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि सहुन । उनीले लगातार ६ पटक संसदीय निर्वाचनमा विजयी गरेका थिए ।