केडाहमा हतियार देखाएर नेपालीलगायतलाई लुटपाट गर्ने आरोपमा ९ जनाविरुद्ध पक्राउ र मुद्दा दायर।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको केडाह राज्यमा विदेशी नागरिकका घर र व्यापारिक प्रतिष्ठानहरूमा ह’ति’या’र’सहित ड’कै’ती गर्ने ‘गेङ सुरिया’ नामक कु’ख्यात सङ्गठित अ’प’राध समूहका ९ जना सदस्यहरू विरुद्ध अदालतमा मु’द्दा दर्ता गरिएको छ।

मलेसिया प्रहरीको आपराधिक अनुसन्धान विभागले ‘ओप सनसेट’ नामक विशेष अपरेसन चलाएर ३० वर्षीय मुख्य नाइके जी. सुरिया प्रसादसहित २८ देखि ५२ वर्ष उमेर समूहका ९ जनालाई गत सेप्टेम्बरमा प’क्रा’उ गरेको हो। सन् २०२४ को सुरुदेखि नै सक्रिय यो गि’रो’हले धा’रि’लो ह’ति’यार प्रयोग गरी लुटपाट मच्चाउने गरेको र उनीहरूको आक्रमणबाट कतिपय विदेशी नागरिकहरू ग’म्भीर घाइते समेत भएका थिए।

बिहीबार सुङ्गाई पेतानी स्थित सेसन्स अदालतमा उनीहरू विरुद्ध सङ्गठित अ’प’रा’ध समूहको सदस्य भएको अभियोगमा मु’द्दा दायर गरिएको हो। यो मामला मलेसियाको कडा सुरक्षा कानुन (SOSMA) अन्तर्गत पर्ने भएकाले अदालतले अ’प’राधको गम्भीर्यतालाई ध्यानमा राख्दै सबै आ’रोपीहरूको जमानत अस्वीकार गरेको छ।

मलेसियाको पेनल कोड अनुसार दोषी ठहरिएमा उनीहरूलाई ५ वर्षदेखि २० वर्षसम्मको जे’ल स’जाय हुन सक्नेछ भने अदालतले यस मुद्दाको अर्को सुनुवाइ आगामी नोभेम्बर १७ का लागि तोकेको छ।

स्रोत- स्थानीय सञ्चारमाध्यम