विदेशी श्रमिकलाई माईकाड भाडामा दिए २० हजार रिंगिटसम्म जरिवाना।

क्वालालम्पुर (मलेसिया) : मलेसियामा विदेशी श्रमिकलाई आफ्नो राष्ट्रिय परिचयपत्र (माईकाड) भाडामा दिने वा प्रयोग गर्नका लागि हस्तान्तरण गर्ने व्यक्तिलाई अधिकतम तीन वर्षसम्म कैद वा २० हजार रिंगिटसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने भएको छ।

मलेसियाका उपगृहमन्त्री दातुक सेरी डा. शम्सुल अनुवार नसराहले विदेशी श्रमिकबाट हुने पहिचानसम्बन्धी दुरुपयोग तथा परिचय चोरी नियन्त्रण गर्न राष्ट्रिय दर्ता नियमावली (NNR) १९९० अनुसार यस्तो कारबाही गरिने बताएका छन्।

आफ्नो परिचयपत्र अरूलाई प्रयोग गर्न दिनु कानुनी जोखिमको विषय भएकाले माईकाडको दुरुपयोग रोक्न सम्बन्धित नियमको पालना गर्नुपर्नेमा सरकारले जोड दिएको छ।

स्रोत : बर्नामा समाचार एजेन्सी