मलेसिया := मलेसियाको पेनाङ सिटी काउन्सिलले अ’वैध रूपमा विदेशी नागरिकहरूद्वारा सञ्चालित व्यावसायिक प्रतिष्ठानहरू विरुद्ध आफ्नो निगरानी र का’र’बाहीलाई तीव्र पारेको छ।
काउन्सिलको इजाजतपत्र (Licensing) र प्रवर्तन (Enforcement) विभागले संयुक्त रूपमा सञ्चालन गरेको ‘ओप्स तेगास’ नामक विशेष अभियानका क्रममा बिना लाइसेन्स सञ्चालन भइरहेका चारवटा व्यवसायहरूमा छापा मारिएको हो।
यस का’र’बाही अन्तर्गत जलान गुर्द्वाराका दुईवटा कपाल काट्ने सैलुन, एयर आइतमस्थित फर्च्युन कोर्टको एक खाद्य पसल र जलान दातुक केरामातमा रहेको एउटा खुद्रा पसललाई निसाना बनाइएको थियो। स्थानीय सरकार ऐन १९७६ बमोजिम का’र’बाही गर्दै काउन्सिलले ती सबै चारवटै व्यवसायहरूलाई सिलबन्दी गरी बन्द गराउनुका साथै त्यहाँ रहेका व्यावसायिक सामान तथा उपकरणहरू जफत गरेको छ।
पेनाङ सिटी काउन्सिलले हरेक व्यवसाय सञ्चालकले अनिवार्य रूपमा वैध लाइसेन्स लिएर र तोकिएका सर्तहरू पालना गरेर मात्र व्यवसाय चलाउनुपर्ने कुरामा जोड दिएको छ। नियम उल्लंघन गर्ने वा बिना अनुमति व्यवसाय सञ्चालन गर्नेहरू विरुद्ध आगामी दिनमा पनि यस्तै कडा कानुनी कारबाही र सामान जफत गर्ने प्रक्रिया जारी रहने चे’ता’वनी प्रशासनले दिएको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















