रियो । लुइस सुआरेज पेनाल्टीमा गोल गर्न चुकेपछि उरुग्वे कोपा अमेरिका २०१९ को क्वार्टरफाइनलबाटै बाहिरिएको छ । सुआरेज पहिलो पेनाल्टी नै पछि पेरुले पेनाल्टी सुटआउटमा उरुग्वेमाथि ५–४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनायो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट लिइएको थियो । पहिलो पेनाल्टी प्रहार गर्न आएका सुआरेजको प्रहारलाई विपक्षी गोलकिपरले रोकिदिए । जुन उरुग्वे बाहिरिनुको कारण बन्यो ।
उनीबाहेक उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे । पेरुका लागि पाउलो गुरेरो, राउल रुइडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेस गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए ।
निर्धारित समयमा समेत सुआरेज र काभानीको गोलले मान्यता पाएको थियो । दुवैको गोललाई अफसाइड दिइएपछि १५ पटकको विजेता उरुग्वे प्रीतयोगिताबाट बाहिरिएको हो ।
जितसँगै पेरुले अब सेमिफाइनलमा चिलीको सामना गर्नेछ । उनीहरूबीच जुलाई ४ मा दोस्रो सेमिफाइनल हुनेछ । त्यसअघि जुलाई ३ मा हुने पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने छन् ।




















