बझाङको सदरमुकाम चैनपुरमा सडक बत्ति जडान

बझाङ ।  बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा सडक बत्ति जडान गरिएको छ । जयपृथ्वी  नगरपालिकाले आव २०७५/७६ मा छुट्याएको २५ लाख बजेटबाट सदरमुकाम चैनपुर बजार क्षेत्रका १७ स्थानमा सडक बत्ती जडान गरिएको हो । 

बजार क्षेत्रमा शान्ति सुरक्षा, पैदल यात्रीलाई आवतजावतमा सहज र बजारमा रात्रिको समयमा उज्यालो बनाउन सडक बक्ति जडान गरिएको जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्र्रिले बताइन् ।

उनका अनुसार अहिले परीक्षणका रूपमा सदरमुकाम चैनपुरका मुख्य १७ वटा चोकमा सडक बत्ती जडान गरिएको र आगामी दिनमा क्रमिक रूपमा नगर क्षेत्रका ग्रामीण बजार र सडकहरूमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराए सदुमुकाम चैनपुर बजारका व्यस्त चोकहरू चौराहा, शान्तिमार्ग ,रोड , तास घर र रिङ्रोड जाने आदी चोकहरुमा नगरपालिकाले सडक बत्तीहरू जडान गरको छ । बजार क्षेत्रमा जडान गरिएका सडक बत्तीहरू नियमित बल्न थालेपछि बजारवासीहरू खुसी भएका छन् ।

सडकमा बक्ति राखेपछि आपूmहरूलाई बेलुका अबेरसम्म व्यवसाय चलाइराख्न सहज भएको र रातिमा पनि पसल सुरक्षा हुने भएपछि खुसी भएको व्यवसायीहरू बताउँछन् ।