प्रदेश २ द्वारा छोरी केन्द्रित कार्यक्रममा तिब्रता

जनकपुरधाम । प्रदेश २ सरकारले छोरी केन्द्रित कार्यक्रहरुका तिब्रता दिएका छन् । प्रदेशका सामुदायिक विद्यालयहरुमा अध्यन्नरत १४ हजार छात्राहरुलाई साइकल वितरण गर्ने तयारी थालेको प्रदेश सरकार छोरीहरुलाई प्रदेश भरिनै आत्मरक्षा तालिम समेत प्रदान गरिरहेको छ । 

बेटी पढाउ बेटी बचाउ अभियान चलाएर देशै भरिमा महिला जगतको सराहना थापेका प्रदेश सरकार प्रदेशको महिला अथवा छोरी केन्द्रित कार्यक्रम कार्यान्वयनमा तिब्रता दिएको पाइन्छ ।  छोरीहरुलाई विद्यालय तर्फ आकर्षित गर्न र पढाईप्रति रुचि र निरन्तरताका लागि प्रदेश सरकारले १४ हजार साइकल वितरण गर्न लागेको छ भने परिआएका बेला आत्मरक्षाका लागि छात्राहरुलाई कराँते तालिमको समेत थालनी गरिएको छ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेशका आठवटै जिल्लाका सामुदायिक विद्यालयहरुमा आठ कक्षामा अध्यन्नरत छात्राहरुलाई सो संख्यामा साइकल वितरण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सुचना अधिकारी एवम शाखा अधिकृत पदम पोखरेलका अनुसार प्रदेशका आठवटै जिल्लाको सामुदायिक विद्यालयमा कक्षा आठमा पढने छात्राहरुको संख्या लगभग २३ हजारको हाराहारीमा रहेको छ । तसर्थ सुरुवातमा गरिव, दलित, विपन्न तथा विद्यालय भन्दा टाढा घर रहेको छात्राहरुलाई साइकल वितरण गरिने छ । त्यसैगरि प्रत्येक जिल्लाको आठ÷आठवटा विद्यालय गरि प्रदेशका कुल ६४ विद्यालयमा पहिलो चारणमा आत्मरक्षा तालिम सुरु गरिसकिएको आत्मरक्षा तालिमका संयोजक तथा प्रशिक्षक बैद्यनाथ चादवले बताए । 

६४ वटै विद्यालयमा प्रदान गरिने सो तालिमका लागि कुल ९० लाख रुपैया विनियोजन गरिएको छ । तालिमको समुदघाटन समारोहमा प्रदेश सरकार मन्त्रीहरुले छोरी सुरक्षित, शिक्षित र सक्रिय नभएर प्रदेश २ स्मृद्व हुन नसक्ने धारणा राखेका छन् । पुर्व खेलाडी समेत रहेका आन्तिर मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले छोरीलाई मजबुत, सुरक्षित र शिक्षित बनाएर ५० प्रतिशत महिला सहभागिताका लागि सरकार प्रतिवद्व रहेको बताए । त्यसै गरि आत्मरक्षा तालिमका लागि पहलकदमी लिएका समाजिक विकास मन्त्री नवल किशोर साहले छोरीलाई बलियो बनाउने आफनो धेरै पुरानो योजना सफल हुने विश्वास व्यतm गरे । 

प्रदेश भरिमै प्रदान गरिने आत्मरक्षा तालिमको जिम्मा जनकपुरधाम स्थित जन विकास स्रोत केन्द्रलाई दिइएको छ । साथै १४ हजार साइकल वितरणका लागि ४ हजार र १० हजार गरि दुईवटा ठेकेदार कम्पनीहरुलाई साइकल आयात गर्ने जिम्मा दिइएको छ । पहिलो लटको ४ हजार साइकल आपुर्ती गर्ने जिम्ममा काठमाण्डौंको एमएस हेलिक्स इन्टरप्राइजेज कप्पनीले पाएको छ । उनलाई ४ हजार साइकल आपुर्तीका लागि कर सहित २ करोड ६४ लाख ३७ हजारमा ठेक्का दिइएको छ जस हिसावले प्रति साइकल पाँच हजार सात सय पचास पर्न जान्छ । त्यसैगरि १० हजार साइकलको दोस्रो ठेक्का काठमाण्डौंको पुतलीसडक स्थित वेभ्स सानियो जोइन्ट भेन्चर कम्पनीले पाएको छ । उनलाई कुल ७ करोड, १९ लाख, ८१ ह्जारमा १० हजार साइकल आपुर्तीका लागि अनुमती दिइएको छ जस हिसावमा प्रति साइकल आपुर्ती गर्न रु ६ हजार २ सय ६२ पर्न जान्छ । छोरी बेटीलाई पढाई प्रति आकर्षित गर्न प्रदेश सरकारले चालेको कदम सराहनीय रहेपनि लक्षित वर्गको छात्रामा साइकल पुग्ने कि नपुग्ने भन्नेमा आशंका छ । भनसुन र राजनितिको आधारमा गरिव भन्दा पनि कार्यक्रताको हातमा साइकल पर्ने पो हो की भन्ने आशंका प्रदेशमा भइरहेको छ । 

तस्वीर–आत्मरक्षा तालिममा सहभागि जनकपुरधाम स्थित श्री सरस्वती मावि जनकपुरधामका छात्राहरु ।