भूकम्पका कारण चीनमा ११ जनाको मृत्यु

बेइजिङ । चीनमा सोमबार राति आएको भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरू १ सय २२ जना घाइते भएका अधिकारीहरू޽ले जनाएका छन् । चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

स्थानीय समयानुसार १०.५५ बजे राति भूकम्प गएको थियो । अधिकारीहरू޽ले खोजी तथा उद्धारकार्य चलिरहेको जनाएका छन् । आपत्कालीन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालीन उद्धार टोली र राहत सामग्री पठाइएको जनाएको छ । 

भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडक अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ । यस्तै समाचार एजेन्सी सिन्हृवाका अनुसार इण्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुंगा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मंगलबार उक्त जानकारी दिएका हुन् । सो दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताले सिन्हृवा समाचार समितिलाई जानकारी दिएका छन् ।