मेरो देशको राजनीति

प्रचण्डले ओलीजीले छाड्नुहुन्छ, म प्रधानमन्त्री बन्छु भनेपछि बढेको राजनीतिक तापक्रम उम्लिन थालेको छ । पार्टी एकीकरण कायम राख्न प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर वामदेव गौतमले नै भने । हरिबोल गजुरेलजस्ता प्रचण्ड निकट सांसदले आलोपालोरूपमा सरकार चलाउने कुरा पुरानै सहमति हो, अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ भने । 

प्रधानमन्त्री ओलीले समेत प्रतिवादमा बोल्न थालेपछि नेकपाभित्रको एकीकरण आलोपालो खानकै लागि रहेछ भन्ने प्रस्टै देखिन थालेको छ । बुद्धिजीवीहरू प्रधानमन्त्री फेरौं नफेरौं भन्ने नेकपाभित्रको आवाज सुनेर स्थिरता र सहनशीलता कहिले आउने होला यी पदखोरहरूलाई, सत्ता, शक्ति र सम्पत्तिविना कम्युनिस्टहरूको त सासै अड्किने रहेछ भन्न थालेका छन् ।

भारतमा मोदीले पुनः निर्वाचन जितेर सरकार गठन र मोदी सरकारको दूतका रूपमा २०७२ साल असोज १ गते नेपाल आएर केही दिन संविधान जारी नगर्न दबाब दिने सुब्रमण्यम जयशंकरलाई विदेशमन्त्री बनाएपछि नेपालमा हलचल पैदा भएको छ । दबाब अस्वीकार गरेर फास्ट ट्र्याकबाट संविधान जारी गरेपछि नेपालमा नाकाबन्दी लगाउने मास्टर माइन्ड पनि उनै जयशंकर मानिन्छन् । भारतको यो पछिल्लो अवस्थाले यता नेपालमा सत्ता परिवर्तन मात्र होइन, सत्तारुढ नेकपा नै चिरिन सक्ने परिदृश्यहरू विकसित हुन थालेका छन् ।

लोकराज बराल र भेषबहादुर थापाजस्ता भारतकै राजदूत भइसकेका व्यक्तिहरू एस जयशंकर मोदीका विश्वासपात्र हुन्, उनले मोदी नीतिलाई कार्यान्वयन गर्ने हो भनेका छन् । मोदी नीति के हो ? भारत हितबाहेक मोदी नीति नेपाल हित होइन भन्ने नेपालले राम्ररी बुझ्नुपर्छ । यही नीतिको धमाका हो प्रचण्डले अर्का अध्यक्ष दिल्लीमा भएका बेला आपूm प्रधानमन्त्री हुने भनेर पिटेको भ्mयाली ओलीले दिएको प्रतिध्वनि ।

निश्चय नै भारतको गैर सांसद विदेशमन्त्री जयशंकर अमेरिका र चीनको द्वन्द्वबाट भारतलाई लाभ दिलाउन≤ पाकिस्तानलाई दबाबमा राख्न≤ रुस, जापान, कोरियासँगको सम्बन्ध सञ्चालन र प्रवद्र्धनमा केन्द्रित हुनेछन् । यता नेपालमा बढ्दो पश्चिमा र चीनको पदचाप भारत सहन्छ भन्नु मुर्खता हुनेछ । एस जयशंकर नेपाली नेतालाई राम्ररी बुझेका र प्रधानमन्त्री मोदीले नेपालबारे लिने निर्णयमा उनको हात देखिने टिप्पणी धेरै कूटनीतिज्ञहरूको छ । यसको अर्थ नेपाल–भारत सम्बन्ध समस्यामा नजाला, नेकपाका लागि कठिन दिनको सुरुवात चाहिँ हुन थालेको अर्थमा बुभ्mनुपर्ने हुन्छ ।

अराजकता र अप्रजातान्त्रिक शैलीमा निरंकुशता काखी च्यापेर अघि बढेको ओली सरकार र नेकपाभित्र एकाएक राजनीतिक चट्याङ सुरु भएको छ । माओवादी टुक्रा–टुक्रा भएर मूलधारको माओवादी सत्तामा गए पनि चोइटा माओवादी बम र रक्तपात, विद्रोह र कम्युनिस्ट एकता गर्न अघि सरेको छ ।  रक्तपातको मार्ग अपनाएर सत्तामा जाने र सामन्त बन्ने कम्युनिस्ट चरित्र नगरबधुजस्तो रूपमा देखिन थालेको छ । नेपालमा जे परिवर्तन भयो र ज–जसले सत्ता चलाए, त्यसको जग १२ बुँदे दिल्ली सम्झौता नै हो र यो सम्झौता भारतले गराइदिएकाले पनि नेपाली राजनीति दिल्लीलाई अटेर गरेर चल्न सक्दैन । यसकारण पनि नेपालको लोकतन्त्र दिल्लीको गोठालोगिरीमा रूपान्तरण हुन अर्को सत्ता परिवर्तनको चटारो सुरु भयो । अहिले आएर जी हजुरीमा परिणत भएको कम्युनिस्ट शासनले अन्ततः भारतका सामु निउरीमुन्टी न कै परिणाममा पु¥याउने वातावरण विकसित हुन थालेको छ । यसले हाम्रा जनप्रतिनिधिहरू कति स्वाधीन छन् भन्ने प्रश्नसमेत जन्माएको छ ।

र, राजदरबारको शक्ति खोसेर दिल्ली दरबारमा बुझाउने परिवर्तन गरिएछ भन्ने थक्क थक्क सत्तासीन र प्रतिपक्षी पार्टीभित्र प्रशस्त्रै भेटिन्छ । माओवादी र एमालेको एकीकरणबारे एमालेका बुद्धिजीवीको यो भनाइले परिस्थिति बुभ्mन काफी छ, ‘आखिर राजनीति भनेको बाँडीचुँडी खाने सम्झौता न रहेछ ।’ २०६३ सालको परिवर्तनपछिको यथार्थ यही हो र स्थिरता आयो भनेर जुन खुसीयाली थियो, सत्ताधारीकै जनप्रतिनिधिको यो अनुभूतिले राजनीति के हो, मुखुण्डो उतारिदिएको छ ।

स्मरणरहोस्, जनविरोधी, राष्ट्रिय ठग फिलिपिन्सका मार्कोसलाई सत्याच्युत गर्ने जनादेशमा चल्ने, जनादेशलाई राजमार्ग मानेर अघि बढ्ने मारिया कोराजिन अक्विनो फिलिपिन्सको ११औं राष्ट्रपति बनिन्, फिलिपिन्सवासी उनलाई लोकतन्त्रकी आमा भनेर आदर गर्छन् । १९८६ की वर्ष महिला अक्विनोको मृत्यु हुँदा, सिंगो फिलिपिन्स स्तब्ध भयो, आँसु बगायो । जनयुद्ध, जनआन्दोलनपछि आएको वसन्त परिवर्तन, जनता र देशको भागमा उही छटपटी, उही हुटहुटी । एकजना पनि जनसम्मानित राजनेता जन्मिन सकेनन्, जो सत्तामा पुगे, ती सबै राष्ट्रिय ठग मार्कोसभन्दा भिन्न जन्मिएनन् ।

इतिहास हेर्ने हो भने चीनका देङ्, थाइल्यान्डका राजा भूमिबलसम्म विश्व लोकतन्त्रका १५ विश्वहस्तीमा गनिन्छन् । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भन्ने मान्यता राखेर गोर्खालाई नेपाल बनाउने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक मास्नेहरू आपूmलाई बज्रधारी, चक्रधारी भगवान् मान्छन् तर लोकतन्त्रको पवित्र मान्यतामा तिनको नाम कतै देखिएन, लेखिएन । यी यस्ता राजनीतिक अपराधी बनेका छन्, जसले आप्mनो सार्वभौमिक अधिकार पराइलाई बुझाएर सत्तालाई उखु बनाएर चुस्नमा महारथ हासिल गरिरहेका छन् । कालो इतिहास यिनलाई किन यति प्यारो भएको होला ? नेतामा एकदिन मर्नुपर्छ भन्ने हेक्का नहुनु र वीरको मरण इच्छाशक्ति नजाग्नु नेपालकै दुर्भाग्य बन्न पुगेको छ ।

अब त स्थिरता आउला भनेको त माओवादी, एमाले र कांग्रेस भनेका आज पनि रक्तपातका जोखिमकै रूपमा छन् । यिनले जे गरिरहेका छन्, त्यो भनेको यिनले कुनै पनि बेला रक्तपातपूर्ण सुनामी जन्माउन सक्छन् । यिनले आपूmमा रहेको शान्ति र समृद्धि जन्माउने ताकत र उर्वर बीज भारतको आशीर्वादमा मात्र छ भन्ने भ्रम पालिरहेका छन् । यही कारण स्वदेशलाई त्रासदीको भँुमरीमा जाकेर पवित्र भूमिमा विदेशीलाई हैकम र हाकिम बनाइरहेका छन् । योभन्दा डरलाग्दो राजनीतिक कालो छायाँ के हुनसक्छ ¤

भनिन्छ, सत्ताको तिर्खा र सूर्यमुखी उस्तै हो । कुनै दिन सर्वसत्तावादीहरूले बोस्निया, हर्जगोभिना र भियतनाममा रगतको सर्वत पिएका थिए । नेपाललाई मत्र्यलोकमा जनताको स्वर्ग बनाउँछु भन्नेहरूले १७ हजार मान्छे मारे, सत्तामा उक्लनासाथ झन्डै १५ हजार कार्यकर्तालाई शहीद घोषणा गरे तर द्वन्द्व र मुद्दाको छिनोफानो गर्न सकेनन् । देशलाई बैकुण्ठ बनाउँछौँ भन्नेहरूले उन्मत्त भैरवी विनाशलीला गरेर देशलाई चिहान बनाउने भए ।

राष्ट्रको सिन्दुर भूमिपुत्रहरूको शिरमा परेमात्र जन र जगको सुरक्षा हुन्छ । नेपाल विदेशीको घातबाट बच्यो भने घृणाको सागरमा लोकले नुहाइरहनु पर्ने र घृणापात्रहरूलाई फूलको माला पहि¥याइरहनु पर्ने बाध्यताबाट लोकले अझै १०४ वर्ष मुक्ति पाउलाजस्तो छैन । अलिकति उत्तर र पश्चिमाको र अलिबढी दिल्लीको अखण्ड कीर्तन र आरती गर्नु नै नेपालको गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र हो त ?

स्वतन्त्र विश्लेषकहरू भन्छन्, ‘वर्णशंकरहरू सिखण्डी बन्न बेर लगाउँदैनन् । यिनलाई स्वत्वको चीरहरण के हो ? स्वत्वको गौरव कस्तो हुन्छ ? केही थाहा हुँदैन । आत्मसम्मान बस्ने स्थानमा ग्रहण लागेपछि यस्तै हुन्छ । हाम्रा नेताहरू यतिखेर सिखण्डीको भूमिकामा गौरव गरिरहेका छन् । कसैले उफार्दा उफ्रिन्छन्, कसैले थचार्दा थचारिन्छन् र ऐयासम्म भन्दैनन् । अँगार खानेको मनै कालो, हाम्रा नेताहरूको पनि कालो । यही कालोलाई यिनीहरू संघीय लोकतान्त्रिक गणतन्त्र भनेर भ्mयाली पिटिरहेका छन् । धर्मछाडा राजनीति भनेको यही हो ।

मरेको संसदलाई राजाले २०६३ साल वैशाख ११ गते पुनस्र्थापना गरिदिए । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भयो । २०७२ साल असोज ३ गते संविधान जारी भयो र निर्वाचित तीन तहको सरकार गठन भइसकेको छ । यो गणतन्त्रमा गण कहाँ छ ? गणतन्त्र समुदायतन्त्र हो भने समुदाय किन देखिँदैन ?

राजनीतिक परिवर्तन लामखुट्टेतन्त्र हो भने लामखुट्टेले रगत चुस्न मात्र जान्दछ । लामखुट्टेले रगतसँग दोस्ती गर्दैन, त्याग गर्दैन । हाम्रा नेताहरू लामखुट्टेभन्दा कति फरक छन् र ?

एकपटक डा. तारानाथ शर्माले भनेका थिए– 

मलाई ताइवान विश्वविद्यालयले नेपालको चीन सम्बन्धका विषयमा बोल्न र सोधपत्र प्रस्तुत गर्न निम्त्याएको थियो । ताइवान एयरपोर्टमा उत्रिएपछि होटलमा लगियो । बाटाघाटा राम्रा, अमेरिकाभन्दा सफा, मान्छेको बोलीचाली सभ्य, ताइवान सांस्कृतिक र आधुनिक दुवै हिसाबले सम्पन्न लाग्यो । भोलिपल्ट होटलको पल्लो किनारमा रहेको विश्वविद्यालय हिँडेर जाने निर्णय गरेँ । सडक पार गरेर विश्वविद्यलायको ढोकामा पुगेँ । मैले ढोकाअगाडि दाहिने खुट्टा के टेकेको थिएँ, ट्वाङ्ग घण्टी बज्यो । त्यो घण्टीसँगै मीठो धुन पनि बज्यो, नेपालीले ओम भनेजस्तो । म झसङ्ग भएर यताउता हेर्न थालेँ । जो हिँडेर यताउता गरिरहेको थिए, ठिङ्ग उभिए । जो साइकलमा थिए, उनीहरू पनि उत्रिएर रोकिए । चलिरहेका मोटर टक्क रोकिए । मलाई लाग्यो ताइवान टक्क रोकियो । लौ कुनै बिपत्ति पो आयो कि जस्तो लाग्यो । मिनेटभरपछि सबै चलायमान भए । आआप्mनो बाटो लागे सबै । विश्वविद्यालयको ढोका पार गर्दै गरेका एकजना व्यक्तिलाई मैले सोधेँ, ‘घण्टी बज्नासाथ सबैजना किन रोकिए, के हो यो ?’ उनले जवाफ दिए– बिहानको ८ बजे यहाँ राष्ट्रिय धुन बज्छ, राष्ट्रिय धुनको सम्मान गर्न सबैले शिर झुकाएर आदर गर्छन्, तिम्रो देशमा राष्ट्रियगान छैन ? राष्ट्रियगान बज्दैन ? 

म चकित परेँ ।’

मेरो देश नेपाल । अदूरदर्शी र अज्ञानी नेताहरूले नेपालको राष्ट्रिय धर्म परिवर्तन गरे, राष्ट्रियगान परिवर्तन गरे, झन्डै नेपालको राष्ट्रिय झण्डा पनि परिवर्तन गरेका । राष्ट्रियगानले राजतन्त्रको झल्को दियो रे । भारतको राष्ट्रिय गानमा चक्र छ कि छैन ? त्यो चक्र कसको हो ? अंग्रेज भारतमा आउँदा उसलाई खुसी पार्न रविन्द्रनाथ टेगोरले लेखेको कवितालाई बंगालका १६ जना सुन्दरीहरूले गाएको कविता हो, १९४७ मा स्वतन्त्र भएपछिको वर्तमान भारतको राष्ट्रियगान । विदेशीलाई खुसी पार्न गाएको कविता भारतको राष्ट्रियगान हुनसक्छ, हामीले त आप्mनै राजाको प्रशस्ती गायौँ रे । आजका अग्रगामीहरूले देखाऊन् अहिलेको राष्ट्रिय गानमा राष्ट्र कहाँ छ, कति सम्मानित छ ? जनताको रगतको होली खेल्न बानी परेकालाई हिमालको पानीले कहाँ तिर्खा मेटिन्छ र ?

नेपालबाट १९८१ सालमा दासप्रथा उन्मूलन भए पनि आफू दास बन्न र जनमत लिएर सत्तामा पुगेर जनतालाई नै दास बनाउने लत बसेको छ । लोकतन्त्र यही लोभतन्त्र हो । इटलीमा मुसोलिनीले प्रजातान्त्रिक खोर निर्माण गरेर अधिनायकवादको जग हालेका थिए, हिटलरले नाजीवाद बचाउन लाखौंको हत्या गरे, तिनको इतिहास अँध्यारो इतिहास हो, हाम्रा नेताहरू देश मारेर शासक बनेका छन् । यिनको इतिहास पनि कालो छ । कालो इतिहास बोकेर मरेपछि कालाम्मे हुन्छु भन्ने बोध उनीहरूलाई नहुनु अचम्म छ ।